ललितपुर । नेपाल परिवार दलले ललितपुर महानगरपालिकाको चुनावी कार्यक्रममा स्वतन्त्र मेयरका उम्मेदबार प्रदिप सिंह थापा र उपमेयर रुपा थापालाई समर्थन गरेको छ ।
दबै उम्मेदार परिवार दलका नेता भएपनि परिवार दल ललितपुरमा प्राबिधकि कारणले दर्ता गर्न छुटेपछि उनिहरु स्वतन्त्र रुपमा उम्मेदबारी दिएका थिए । उनीहरुको चुनाबी प्रचार अभियानका क्रममा लगनखेल बसर्पाकमा आयोजित सभालाई बुधबार सम्बोधन गदै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पुराना राजनैतिक शक्ति वाट परिबर्तन नहुने भन्दै नयाँ ढाँचाको बिकासको लागि दुरदृष्टि र नेतृत्व पनि नयाँ नै आबस्यक पर्ने जिकिर गरे । उनले बिकृति, विसंगति र भ्रष्टाचारको भण्डाफोर गर्न, उच्च नैतिक मूल्य मान्यता प्रस्तुत गरेका दुबै उम्मेदबारलाई बिजयी गराउन ललितपुर बासीलाई आग्रह गरे ।