गैरिछाप, गोरखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका बारपाक सुलिकोट गाउँपालिका पार्टी सल्लाहकार एवं साबिक पन्द्रुङ गाबिसको जननिर्वाचित पूर्व उपाध्यक्ष स्वर्गीय भिम कुमार गुरुङको श्रद्धाञ्जली सभामा सहभागीहरूको आखाबाट आशु रोकिएन । नवौं दिनको पुन्यतिथिको अवसरमा आज उहाँकै निवास गैरिछापमा सम्पन्न भएको श्रद्धाञ्जली सभाको शुरुमा नै संचालक खिलप्रसाद पनेरुले स्वर्गीय गुरुङलाई सम्झेर भक्कानिदै कार्यक्रम शुरु गरे । त्यसपछि सबैको आखाबाट आशु निरन्तर बगिरह्यो । समाजसेवीसमेत रहेका गुरुङ सबैको प्यारो र साझा थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका बारपाक सुलिकोट गाउँपालिकाका निर्वाचित अध्यक्ष एवं नेकपाका नेता बिष्णु प्रसाद भट्टले भन्नुभयो, ूभिम कुमार गुरुङज्यूको निधनले पार्टीलाई अमूल्य क्षेति हुन पुगेको छू, ूजनयुद्ध कालमा वरिपरिका दुस्मनको बारेमा जानकारी लिएर सेल्टर दिई धेरै पटक पार्टीको योजनालाई सफल बनाउन योगदान रहेको थियो ।ू उहाँको भनााई थियो । पार्टीको लागि एउटा असल र इमान्दार खम्बा गुमाउनु पर्दाको पिडा भुल्न गाह्रो भएको भन्नुहुदै स्वर्गीय गुरुङ पार्टी र समाजको लागि सधै अटल र अमर रहने बताउनुभयो । नेकपाका नेता नरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेताहरु धामी बराम, कृष्ण प्रसाद अंगाई, बारपाक सुलिकोट(७, देउरालीका वार्ड अध्यक्ष कृष्ण गुरुङ, कार्यपालिका सदस्य सुजना गुरुङ, नेता सोमप्रसाद पनेरु लगायतले स्वर्गीय गुरुङको बारेमा चर्चा गर्दै उहाँले देखाएको बाटोमा हिड्ने प्रण सहित श्रद्धाञ्जली मन्तब्य ब्यक्त गरेका थिए । साथै शोक सम्तप्त परिवारजनप्रति समवेदना समेत ब्यक्त गरेका थिए । स्वर्गीय गरुङको सम्झनामा एक मिनेट मौनधारण र तस्बीरमा माल्यापण परी शुरु भएको कार्यक्रममा साबिक पाँचखुवा देउराली गाबिसका पूर्व अध्यक्षहरु ले। दलबहादुर गुरुङ र अमर बहादुर गुरुङ, गाउँ कार्यपालिका सदस्य हरि बहादुर कामी, जनयुद्धका प्रथम शहीद दिल बहादुर रम्तेलको बुबा सेते रम्तेल, बेपत्ता योद्धा भिमसेन धितालको बुबा कृष्ण धिताल, स्थानीय नेताहरु नीर बहादुर गुरुङ, झम्क प्रसाद बगाले, चित्र बहादुर गुरुङ, श्याम कुमार श्रेष्ठ लगायत स्वर्गीय गुरुङको स(परिवार, शुभचिन्तक तथा पार्टीका सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । गत केही बर्ष अघिदेखि क्यान्सरले पिरोलिएको स्वर्गीय गुरुङको उपचारकै क्रममा काठमाडौंमा गत साउन ३१ गते दुस्खद निधन हुनुभएको हो ।