काठमाण्डौ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच स्वेताश्री फाउण्डेसन मार्फत सिन्धुपाल्चोक साँगा चोकगढीं नगरपालिका ११ मा निर्माणाधिन एकीकृत माझी बस्तीलाई यूथ एण्ड स्टुडेन्ट फर पीस नेपाल मार्फत एक लाख दश हजार रुपैंयाँ स्वेताश्री फाउण्डेसनकी अध्यक्ष स्वेता खड्कालाई संघका अध्यक्ष प्रकाशबाबु थापाले हस्तान्तरण गरे ।
सामाजिक अभियानमा लामो समयदेखि योगदान पु¥याउँदै आएका सामाजिक अभियन्ता तथा गीतकार थापाले भूकम्पबाट प्रभावित माझी बस्तीलाई समाजसेवी स्वेता खड्काले चालेको अभियानमा साथ दिने उद्देश्यले उक्त रकम प्रदान गरेका हुन् । २०७२ साल वैशाख १२ गतेको महाविनासकारी भूकम्पको बेला अभियन्ता थापाले आफू संलग्न संस्था मार्फत भूकम्पबाट प्रभावित विभिन्न जिल्लाहरुमा स्वास्थ्य शिविर लगायत राहतका कार्यक्रमहरु संचालन गरेका थिए । सामाजिक अभियानकै क्रममा अध्यक्ष थापाको सक्रियता माभूकम्पले क्षतीग्रस्त भूकम्पको केन्द्र विन्दु गोरखा जिल्ला लखनगाउँपालिका वार्ड नं. ८मा अवस्थित श्री राम्चे प्रा. वि.को भवन पुनर्निर्माणका लागि तीनलाख रुपैंयाँ प्रदान गरेका थिए । देश विदेशमा रहनुभएका हितैसी मित्रहरुको सहयोगमा उक्त रकम जुटेको थियो ।