हजार कुरा गर्नु भन्दा एक काम गर्नु उत्तम : अध्यक्ष ढकाल

प्रकासित मिति: ६ आश्विन २०७४, शुक्रबार १३:५४

६ असोज, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पुर्वमन्त्री एकनाथ ढकालले हजार कुरा बोल्न भन्दा एक काम गर्न तर्फ लाग्नु उत्तम हुने बताउनु भएको छ ।
इन्टरनेश्नल सेवा सोसाईटी शुक्रबार रसियन कल्चर सेन्टरमा भुकम्प पिडितलाई सहयोग गर्नेहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै पूर्व मन्त्रि ढकालले सहयोगी हातहरुलाई प्रोत्साहित गर्न र जनकल्याणको काममा एक्यबद्धता जारि गर्न आँफु उपस्थिति भएको बताए ।
अध्यक्ष ढकालले बालबालिकाको उज्वल भबिष्य निर्माण गर्न सबै लाग्नु पर्नेमा जोड दिए । सोसाईटीले भूकम्पको बेला पिडित बालबालिकालाइ सहयोग गर्नेहरुलाई सम्मान गरेको थियो । इन्टरनेश्नल सेवा सोसाईटीका अध्यक्ष प्रितम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय शान्ति तथा सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल लगायतले बोलेका थिए ।
सो अवसरमा सास्कृतिक समुह कुटुम्ब ब्याडको बिशेष प्रस्तुति समेत रहेको थियो । इन्टरनेश्नल सेवा सोसाईटीले नेपालका बिभिन्न जिल्लाहरुमा सामाजिक कामहरु सञ्चालन गदै आएको कार्यक्रमका संयोजक बिर बहादुर तामाङ्गले जानकारी दिए ।

Bhansar Bivag
Argakhachi Cement