विजया देउजा,
१. हाइटी मिसन ः
संयुक्त राष्ट्रसंघको आब्हानमा विश्वका विभिन्न द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खटिएका नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुद्धारा मिशनका म्यान्डेटअनुसार उत्कृष्ट एवं उल्लेखनीय योगदान पु¥याइरहेका छन् । जसको प्रशंसा संयुक्त राष्ट्रसंघका सम्बद्ध पदाधिकारीहरुद्धारा विभिन्न अवसरमा गरेका छन् । लेखकले विशेषत ः क्यारेवियन मुलुक हाईटीमा नेपाल प्रहरीद्धारा शान्ति स्थापनार्थमा पु¥याएको योगदानबारेको संक्षिप्त विवरण प्रस्तुत गर्ने जमर्को गरेको छ । नेपाल प्रहरीका कन्टिन्जेन्ट पहिलोपटक सन् २००४ तिरै हाइटीमा (एफपियु) (फमर्ड पुलिस युनिट) शान्ति मिसनमा खटिएका थिए । त्यसपछि हाइटीमा नेपाल प्रहरीका कूल २३ वटा कटिन्जेन्टहरुले निरन्तर सेवा प्रदान गरे । द्वन्द प्रभावित उक्त मुलुकमा संयुक्त राष्ट्रसंघले सर्वप्रथम एमआईएनयु (युनाइटेड नेशन्स स्टाभ्लाइजेशन मिशन इन हाइटी) सन् २००४ मा न्याय प्रवद्र्धनको निमित्त स्थापना गरेको थियो । उक्त मिशन १५ अक्टोबर २०१७ मा अन्त्य भयो । त्यसपछि सन् १६ अक्टोबर २०१७ देखि मिनुजुथ (युनाइटेड नेशन्स मिसन फर जस्टिस सर्पोट इन, हाइटी) प्रारम्भ भयो । यो मिशन पनि सन् २०१९ अक्टोबरमा समाप्त हुँदैछ । नेपाल प्रहरीलगायत विभिन्न मुलुकका सुरक्षाकर्मीहरुद्धारा “हाइटीमा विधिको शासन स्थापना, कानून पालना तथा त्यहाँका राष्ट्रिय प्रहरीलाई सुदृढ तथा सुरक्षा व्यवस्थापन एवं शान्ति प्रक्रियामा सहयोग पु¥याउने जिम्मेवारी बहन ग¥यो । यो मिशनको अन्त्यसँगै नेपाल प्रहरीको २३ औं समूहको कन्टिन्जेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक शुशीलकुमार यादवसहित मे १ देखि अगस्ट २०१९ सम्ममा स्वदेश फिर्ता भइसक्नेछन् ।
२. मिसन एवार्ड ः
हाइटीको मिशनमा नेपाल प्रहरीका अन्तिम कन्टिन्जेन्टको तक्मा शुशोभन कार्यक्रम(मेडल अवार्ड सेरोमोनी) गत १४ मार्च २०१९ सम्पन्न भयो । उक्त अवसरमा संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि एसआरएसजी (स्पेशल रिप्रिजेन्टिभ अफ सेक्रेटरी जनरल) हेलेन मेघेर ला लिमेको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा मिनुजुथ मिशनका प्रहरी कमिसनर सार्गे थेराउल्टलगायत संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरु हाइटियन राष्ट्रिय प्रहरीका प्रमुख एवं त्यहाँ कार्यरत नेपाल, भारत, जोर्डन, सेनेगल, रुवाण्डाका प्रहरी अधिकृतहरुको उपस्थिति थियो । एसआरएसजी हेलेन मेघेर ला लिमेद्धारा सोही समारोहमा मिसनका प्रमुख पुलिस कमिसनरलगायत नेपाल प्रहरीका १४० सदस्यीय कन्टिन्जेन्टलाई संयुक्त राष्ट्रसंघको “इन सर्भिस अफ पिस’’ मेडलद्धारा शुशोभन गरियो ।
३. नेपाल प्रहरीको प्रशंसा
मिसनको अन्तिम मेडल अवार्ड सेरोमनीमा, प्रमुख अतिथि एसआरएसजी (स्पेशल रिप्रिजेन्टिभ अफ सेक्रेटरी जनरल) हेलेन मेघेर ला लिमे तथा एपपियु (फमर्ड पुलिस युनिट) का विशिष्ट अतिथिहरुद्धारा नेपाल प्रहरीले मिसनमा पु¥याएको योगदानप्रति उच्च मूल्याङंकनका साथ प्रशंसा गरे । हाइटीको राजधानी पोर्ट–औ–प्रिन्सस्थित सन् २०१९, अप्रिल १२ मा नेपाली संचारकर्मीसँग भिडियो कन्फेरेन्स सम्पन्न भएको थियो । सो अवसरमा पनि नेपाल प्रहरीको प्रशंसा भयो । उक्त भिडियो कन्फेरेन्समा पुलिस कमिसनर थेराउल्ट नेपाल प्रहरीको कन्टिन्जेन्ट कमाण्डर, अपरेशनल कमाण्डर नरेशराज सुवेदी एवं नर्सिङ अफिसर विजया देउजासमेत मिनुजुथका प्रवक्ता सोफी बौटौड डेला कोम्बोलगायत संयुक्त राष्ट्र संघीय पदाधिकारीहरुको उपस्थिति थियो । कन्फेरेन्स उपस्थित सबै अतिथिहरुले नेपाल प्रहरीको हाइटी मिसनमा शान्ति सुरक्षा र त्यहाँको राष्ट्रिय प्रहरीलाई सुदृढ गराउनमा योगदान पु¥याएको बारेमा प्रशंसा गरेका थिए ।
४. सुरक्षा अभ्यास र उद्धार कार्य
नेपाली सुरक्षा कन्टिन्जेन्टले हाइटी मिशनमा त्यहाँका राष्ट्रिय प्रहरीसँग संयुक्त रुपमा कारबाही तथा सुरक्षा अभ्यास, संयुक्त गस्ती, रणनीतिक सुरक्षा, मानवीय उद्धार, हिंसात्मक आन्दोलन र भीड नियन्त्रण (पब्लिक अर्डर म्यान्याज्मेन्ट) सम्बन्धी अभ्यास र कौशल (सीप) सिकाई हाइटी पुलिसको क्षमता अभिवृद्धि गराएको थियो । साथै ग्रामीण भेगका समुदायसँग निरन्तर अन्र्तक्रिया तथा प्राकृतिक विपत्तिका बेला मानवीय सहयोग, उद्धार र राहत सामग्री वितरणमा पनि नेपाल प्रहरीले व्यावसायिकता प्रस्तुत गरी हाइटीका बासिन्दालाई सेवा पु¥याएको थियो । हाइटीमा भएको विभिन्न हिंसामा नेपालका एफपियु सदस्यहरुले त्यहाँका भौतिक संरचना एवं मानवीय क्षति हुन नदिन ठूलो सहयोग पु¥यायो । नेपाली कन्टिन्जेन्टले व्यवसायिक भूमिका निर्वाहका साथै मेडिकल टिमका डाक्टर, नर्स एवं प्यारामेडिक्सहरुले हिंसामा घाइते भएका हाइटियन राष्ट्रिय प्रहरी तथा युएनडिओ पुलिसलाई छरितो एवं प्रभावकारी प्राथमिक स्वास्थ्य सेवा प्रदान गरेको थियो । नेपाल प्रहरीले हाइटीको राष्ट्रिय प्रहरीलाई गरेको सहयोग र शान्ति स्थापनाको लागि गरिएको त्यहाँको प्रमुखले नेपाल प्रहरीप्रति आभार व्यक्त गरेका थिए ।
५. हाइटी मिसनबाट विदाई
सन् २०१९ अप्रिल १७ तारिखमा संयुक्त राष्ट्र संघको डिएसआरजी (डिपुटी स्पेशल रिप्रिजेन्टेटिभ अफ सेक्रेटरी जनरल श्री मामान्डौ डियालोको विशेष उपस्थितिमा नेपालको एफपियु, क्वाटियर मरिनस्थित क्याम्पमा एफपियु हाइटी मिशनको अन्तिम औपचारिक विदाई (क्लोजिङ सेरेमोनी) आयोजना गरियो । उक्त कार्यक्रममा पुलिस कमिसनर, हाइटियन राष्ट्रिय प्रहरीका प्रमुख, आइपिओएसको प्रमुख स्टाफ जुलिया क्याथरिङ पिङक युएन ओमेनस् नेटवर्ककी अध्यक्ष मीमा जेन्टील हाइटी सरकारको प्रतिनिधिलगायतका विभिन्न देशका कन्टिन्जेन्ट कमाण्डर्सहरुको उपस्थिति रह्यो । सो अवसरमा डिएसआरजीलगायतका विशिष्ट अतिथिहरुद्धारा मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा सबैले नेपाल प्रहरीद्धारा हाइटी मिशनमा उल्लेखनीय योगदान पु¥याएकोबारे चर्चा गरे । एफपियु नेपालका कन्टिजेन्टद्धारा मेडल परेड र संयुक्त राष्ट्र संघबाट आयोजित अन्तिम विदाई कार्यक्रममा नेपाली कला, संस्कृति झल्किने, राष्ट्रिय पोसाक, गरगहना, नृत्य एवं नेपाली बाजागाजासहित मौलिक लोक संगीतका झलक प्रस्तुत गरियो ।
६. उपसंहार
एफपियु नेपाल कन्टिन्जेन्टद्धारा हाइटी मिशनमा, फमर्ड पुलिस युनिटका म्यानडेटअनुसार– हाइटियन राष्ट्रिय प्रहरीको क्षमता विकास, विधिको शासन व्यवस्थालाई सुदृढ गर्ने एवं मानव अधिकारको प्रवद्र्धन र सम्मान गर्ने÷गराउने व्यावसायिक जिम्मेवारी सन्तोषजनक निर्वाह गरेको थियो । साथै शान्ति सुरक्षा कायम गर्नको निमित्त दैनिक छोटा र लामो दूरीको गस्ती, पोष्ट डिउटी, यूएन कर्मचारी एवं त्यहाँको भौतिक संरचनाको सुरक्षा, महत्वपूर्ण स्थान र विशिष्ट व्यक्तिको सुरक्षा, सवारी सुरक्षा(एक्सकटिङ्), शान्ति सुरक्षा व्यवस्था (पब्लिक अर्डर म्यानेजमेन्ट) भीड नियन्त्रणका साथै प्रर्दशन र हिंसा नियन्त्रणजस्ता विशेष डिउटीहरुमा समेत तदारुकताका साथ खटिएका थिए । यसका साथै नेपाल प्रहरीले हाइटी मिशनमा सामाजिक एवं मानवीय क्रियाकलापहरुमा समेत सक्रिय रुपमा सहभागिता जनाएको थियो । नेपाल प्रहरीले आफ्नो व्यवसायिक कुशलताका साथ देशको कला–संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउँदै युएन पिस किपर डे (मे २९) लगायतका विभिन्न कार्यक्रमहरुमा सहभागी भयो । संयुक्त राष्ट्रसंघको मूल मान्यता (कोर भ्यालुज) रेसपेक्ट फर डाईभरसिटी ‘इन्टिग्रिटी’ एण्ड ‘प्रोफेसनालिजम’ लाई सदा आत्मसात् गरी विगत १५ वर्षदेखि नेपाल प्रहरीले नेपालीको मान, प्रतिष्ठा र गरिमा कायम राख्दै नेपाल एफपियुको २३ औं समूह मिनुजुथ मिशनलाई सफलतापूर्वक सम्पन्न गरी बन्दोबस्तीका सरसामानसहित मुख्य समूह (मेन वडी) मे १, २०१९ मा स्वदेश फर्किसकेका छन् भने अन्तिम पार्टी अगस्ट महिनाभित्र स्वदेश फर्कदै छन् । यो नै हाइटीको अन्तिम मिशन हो । नेपाल प्रहरीको योगदानको प्रशंसा सबैले गरेकोमा लेखक गर्बको अनुभूति गर्दछ ।
नर्सिङ अफिसर, नेपाल प्रहरी क्वाटियर मरिन, हाइटी