काठमाडौं । पूर्वमन्त्री एवम् सांसद एकनाथ ढकालले “नेतृत्वको नयाँ ढाचा“ बिषयक प्रबचन दिएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै ढकालले नेतृत्व पद नभई जिम्बेवारी भएको बताउँदै काम गराइको ढाँचा परिबर्तन नगरे जसरी हामी यहाँ आइपुगौं त्यसरीनै अर्को गन्तव्यमा नपुग्ने बताएका छन् ।
नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले हृदयवादी, रुपान्तरित, दूरदर्शी, अध्यात्मिक, नैतिक, जिम्बेवार, निस्वार्थी र कुशल सच्चा नेतृत्वले मात्र समस्याको सहि समाधान गर्न सक्ने ठोकुवा गरे । उनले धेरै सम्पति, शक्ति, लाखौ अनुयायीहरू र ठुलो पद वा अधिकार प्राप्त गर्नु नै नेतृत्व होइन भन्दै धेरैलाई मार्गदर्शन गर्न सक्ने नमुना नेतृत्वको आबस्यक रहेकोमा जोड दिए ।
दूई दशक देखि शान्तिको क्षेत्रमा बकालत गदै आएका ढकालले सत्यको मार्गदर्शन गर्नु, नैतिक वैधता हासिल गर्नु र सर्बोपरि हितका खातिर समर्पित हुनु सच्चा नेतृत्वका महत्वपुर्ण गुणहरु भएको बताए ।
सयौ युवाहरुको सहभागिता रहेको सो प्रवचनको आयोजना बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालले गरेको हो । पूर्वमन्त्री ढकालले “लिडर बन्नुहोस, हाकिम होइन“ भन्दै असल ब्यक्तिले मात्र समाजलाई सहि मार्गमा डो¥याउने बताए । ढकालको प्रबचनको नेपाल टेलिभिजनमा यहि असोज १५ गते आईतबार १० बजे प्रशारण गदैछ भने र न्यूज २४ वाट प्रशारण हुदैछ ।