हाम्रो बचत तथा ऋण सहकारी संस्था लि को छैटौ बार्षिक साधारण सभा सम्पन्न

प्रकासित मिति: २८ पुष २०७५, शनिबार १५:२३

भारतसँग ब्यापार घाटा कम गराउन सहकारीको भूमिका महत्वपूर्ण : सांसद बस्नेत

भक्तपुर । हाम्रो बचत तथा ऋण सहकारी संस्था लि को छैटौ बार्षिक साधारण सभा पूर्वमन्त्री एवम भत्तपुर क्षेत्र २ का संघिय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । शनिबार भक्तपुर को सुर्यबिनायकमा आयोजित साधारण सभामा बोल्दै सांसद बस्नेतले सहकारीका कार्यक्रम उत्पादनमुखी तथा रोजगार सृजनाहुने खालको हुनुपर्नेमा जोड दिए । उनले सहकारीले सबै तहतप्काका नागरिकहरुको आर्थिक एवम् सामाजिक समृद्धिका लागि सहयोग गर्ने बताउँदै सहकारीको माध्यमबाट आम नागरिकको जीवनस्तरमा परिवर्तनगरी स्वाधीन अर्थतन्त्र निर्माणमा टेवा पु¥याएको बताए ।
सांसद बस्नेतले भारतसँग ब्यापार घाटा कम गराउनको लागि पनि सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नेपालभर ३१ हजार सहकारी मार्फत ५ लाख लाई प्रत्यक्ष रोजगरी दिएको उल्लेख गरे । उनले खुल्ला अर्थतन्त्रका कारण नेपाली उधोग घारासाही भएको उल्लेख गदै यस्लाई केवल सहकारी क्षेत्रले मात्रै उकास्न सक्ने बताए । बस्नेतले थोर पैसा जम्मा गदै शुरुवात भएको समुहबाट सहकारी छैठौ बार्षिक साधारण सभा सम्म आईपुगेकोमा यस्मा आवद सबैको प्रशंसा गर्दै उन्नती र प्रगतिको लागि शुभकामना दिए ।
साधारण सभामा बोल्दै हाम्रो बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष रित्तबहादुर श्रेष्ठले सहकारी सबै धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका ४ वडामा स्थायी बसोबास गरेका सबैलाई गोलबन्द गराउन तथा भावानात्क सम्बन्ध बिकास गराउन सहयोग पुगेको बताए ।
उनले सहकारीमा थोरै थोरै बचतले पनि भबिश्यमा ठूलो काम गर्ने उल्लेख गदै हाम्रो बचत तथा ऋण सहकारी संस्था लिले सबैको दुख सुख साटासाट गर्ने साझा चौतारी बनेको उल्लेख गरे ।
साधारण सभामा संधिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव लक्ष्मण श्रेष्ठ, हाम्रोबचत तथा ऋण सहकारी संस्था लिका संस्थापक अध्यक्ष पवन घिमिरे, नायिका एवम् फिल्म निमात्री शुभेक्षा थापा, साहित्यकार अञ्चल बान्तवा लगायतले शुभकामना मन्तब्य दिदै सहकारीले थोरै समयमा गरेका विकासको प्रशंसा गर्दै उन्नती र प्रगतिको लागि शुभकामना दिनु भएको थियो ।
बार्षिक साधारण सभामा कृष्बिना श्रेष्ठको नृत्यले थप मनोरञ्ज प्रदान गरेको थियो । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ६ गोदारमा कार्यलय रहको यस हाम्रो बचत तथा ऋण सहकारी संस्था लिले बाषिक साधारण सभाको अवसर पारेर बनभोज कार्यक्रमको पनि आयोजना गरेको थियो ।

Bhansar Bivag
Argakhachi Cement