हाम्रो बचत तथा ऋण सहकारीको अध्यक्षमा श्रेष्ठ

प्रकासित मिति: ३ चैत्र २०७४, शनिबार १७:०९

चैत्र ३ काठमाण्डौ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका कार्यलय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रित बहादुर श्रेष्ठ कृष्ण सर्वसम्वत निर्वाचीत भएका छन् । उनको नेतृत्वमा ११ सदस्यीय संञ्चालक समिति बनेको छ ।
काठमाण्डौको बागबजारमा भएको सहकारीको पाचौ बार्षिक साधारण सभाले अध्यक्षमा रित्तबहादु श्रेष्ठलाई चयन गरेको हो । प्रदेश न २ अन्तर्गत धनुषा क्षेत्र नं १ प्रदेश सभाका सांसद किशोरी शाहको आतिथ्यतामा भएको साधारण सभामा धनुषा घर भई काठमाण्डौमा पेशा र ब्यबसाय गर्नेहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
साधारण सभामा सहकारीका संस्थापक सदस्य एवम राष्टिय सहकारी बिकास बोर्डका पूर्व सदस्य सन्तोष कुमार पौडेलले सहकारीकोको बिकासबाट मात्रै गाउँको बिकास सम्भव भएको बताउँदै सहकारीले मानिसलाई बचत गर्न सिकाउने बताए ।
सहकारीका अध्यक्ष सोनामाया तामाङको अध्यक्षतामा भएको सभामा भगत बहादुर श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement