हिउँसँग रमाउदै चिकित्सक

प्रकासित मिति: २९ माघ २०७५, मंगलवार ०२:३७

रामेछाप । १२ बर्ष पछी बगेको खोला पनि फर्कन्छ भने जस्तै रामेछाप जिल्लाको खाडादेबी गाउपालिका ७ गाल्पामा यस्तै भयो शनिबारको हिउँ परेको छ । झण्डै आधाफुट बाक्लो हिउँ सडक तथा खुला क्षेत्रमा जम्मा भएको छ । त्यहाँका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ ।
बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेपनि युनाईटेड नेश्नल मेडिकल सोसाईटी नेपालको समन्वयमा हुने निःशुल्क स्वास्थ्य शिबीरमा पुगेका डाक्टर र नर्सहरु भने हिउँसँग खुब रमाएका छन् । यतिधेरै हिउँ मैले पहिलोपटक देखेको बताउँछिन् डा.सबिता झा । हिउँसँग रमाउदै चिकित्सक कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सङ्गालिरहेका छन् । हिउँ तथा वर्षात्का कारणे विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युतको अभावमा पर्यटक तथा स्थानीयले मोबाइल चार्ज गर्नेलगायतका अन्य काममा अवरोध पुगेको छ ।
स्वास्थय शिबिरका लागि गाल्पा पुगेका डा.सुदिप ठाकुरले हिउँको वर्षा भएको पहिलोपटक देखेको बताए । फुसफुस झर्दै गरेको हिउँको अनुभव उहाँले आफ्ना साथीभाइसँग फोन र सामाजिक सञ्जालबाट साटे । कसरी हिउँ पर्ने रहेछ भन्ने पहिलोपटक देखँे उनले भने हिउँसँग खेल्दा निकै रमाइलो लाग्यो ।
शिबिरका लागि आएको भए पनि हिउँ परेपछि काममा ढिलाइ भएको मौकालाई टोलीले हिउँसँग खेलेर रमाइलो गरेको युनाईटेड नेश्नल मेडिकल सोसाईटी नेपालका अध्यक्ष डा. चन्दन रमनले बताए । क्षितिजमा देखिएको हिमशृङ्खला, सेताम्मे हिउँ अनि त्यही हिउँमा खेल्न पाउनु जीवनकै ऐतिहासिक क्षण बन्यो’ स्टार्फ नर्स संङगिता चौधरीले बताईन् ।
उनीसँग गफिँदा उनकै साथी निशा खनाल, कल्पना रानामगर, आस्मा पौडेल, गायत्री तिम्लसीना हिउँ छ्यापाछ्याप गरेर खेल्दै थिए । क्षितिजमा देखिने हिमशृङ्खला र हरियालीसहितका सुन्दर टाकुराहरु साँच्चै स्वर्गको कल्पनामा रमाउन सकिने थियो ।

युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपाल ‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नारा साथ स्थापीत संस्थाले आधारभूत विशेषज्ञ चिकित्सकीय सेवाको पहुँचबाट टाढा रहेका रामेछाप जिल्लमा संञ्चालित शिबिरमा काठमाडौंका टिचिङ अस्पताल, बिर अस्पताल, चेस्ट अस्पताल धुलिखेल अस्पतालका ३ जना बरिष्ठ डाक्टर र ६ चिकित्सक तथा ९ जना नर्ससहितका टोलीले सेवा प्रदान गरेको थियो ।
बिहानको समयमा हिउँसग रमाएका चिकित्सको टोलीले मध्यान्ह १२ बजे पछि भने गाल्पा ७ श्री ज्योति मा.बि मा संञ्चालित निःशुल्क स्वास्थ्य शिबिरमा ४०० भन्दा बढी बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । प्रस्तुति ः बिष्णु निश्चल

Bhansar Bivag
Argakhachi Cement