काठमाण्डौ । लोक दृिष्ट थिएटरको प्रस्तुति रहेका लोक कथामा आधारीत नाटक सातुको कथा शिल्पी थिएटर बतिसपुतलीमा बिहिबारदेखि मञ्चन गरिएको छ । सोमबार सम्म मञ्चन गरिने नाटक हरेक दिन तिन सो गरिने छ । बिहान ११ दिउँसो १ र साँझ ५ बजे मञ्चन गरिनेछ । एउटा जोगीको कल्पनामा आधारित भएर तयार गरिएको कथा बस्तु निकै मार्मिक छ । समसामयिक बिषयबस्तुलाई आधार बन्नाएर तयार गरिएको नाटकका कलाकारहरुको बेजोड र जिबन्त अभिनय हेर्न सकिन्छ । प्रेम पौडेलको लेखन तथा निर्देशन सातुको कथा नाटकमा सेते जागीको भेषमा कलाकारमा प्रभाकर न्यौपाने मुखिया बासुदेव खनाल पितले पुस्प अवस्थी र चञ्चला साक्षी लम्सालको अभिनय रहेको छ ।
नेपथ्यबाट भने गायनमा गायत्री त्रिपाठी, सारसी खुम केसी, मादल, कमल ओलीले साथ दिएका छन् भने मञ्च ब्यबस्थापन, भेषभुषा चाँदनी शाहिको रहेको छ । नाटकमा मुख्य भुमिकामा उत्रिएका प्रभाकर न्यौपानेसाक्षी लम्साल, बासु खनाल र पुस्प अवस्थी को बेजोड अभिनयमा नाटक औधी राम्रो बनेको छ ।