काठमाण्डौ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले रङ्गको पर्व होलीका अवसरमा समस्त देश बिदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा ढकालले होलीजस्तो राष्ट्रिय पर्वले भ्रातृत्व, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको उल्लेख छ । शरदबाट वसन्त ऋतुको आगमन भएको सुखद अवसरमा खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ होली पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको ढकालको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
सप्तरङ्गी रङ्ग जस्तै समृद्धिका विभिन्न आधारको तीव्र विकासका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक बनाउन सबै नेपालीलाई एकजुट बनाउन होली पर्वले प्रेरणा दिने विश्वास ब्यक्त गरेका छन् ।