१३ औं विश्व डाउन सिण्ड्रोम दिवस सम्पन्न

प्रकासित मिति: ७ चैत्र २०७४, बुधबार १०:१०

७ चैत्र २०७४ शर्मिला विश्वकर्मा, काठमाण्डौं डाउन सिण्ड्रोम समाज नेपालको आयोजना तथा काठमाण्डौं महानगरपालिका २६ वडाको सहयोगमा आज १३ विश्व डाउन सिण्ड्रोम दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर काठमाण्डौं सम्पन्न भएको छ । सो दिवसका अवसरमा “मेरो समुदायलाई म के दिन सक्छु ” भन्ने मूल नारा सहित काठमाण्डौंको रत्नपार्क स्थित शान्तिबाटिका बाट निकालिएको र्याली जमल, दरबारमार्ग, केशर महल हुनै समाज कल्याण परिषदमा गएर एक कार्यक्रमका साथ सम्पन्न भएको थियो । सोही दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमको उदघाटन कार्यक्रमकी प्रमुख अतिति एवं महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियो । यसै क्रममा उहाँले राज्यले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु हक अधिकारको सुनिश्चित गरी उनीहरुलाई सम्मानजनक रुपमा समाजमा स्थापित गराउने कुरामा जोड दिदै डाउन सिण्ड्रोम लगाएत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता अनुसार सक्दो सहयोग गर्ने बताउनु भयो । सोही मन्त्रालयका अपाङ्गता अधिकार प्रवद्र्धन शाखाका उपसचिव केशब भट्टराईले आगामी दिनमा नेपालका ७ वटै प्रदेशहरुमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत अपाङ्गता भएका व्यक्तिहरुका लागि पुनस्र्थापना गृहको स्थापना गर्ने कार्यक्रमको तय भएको बताउनु भयो । उक्त कार्यक्रममा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले यो दिवस मनाउन थाले पछि विगतको तुलनमा डाउन सिण्ड्रोम अपाङ्गता प्रति केही सकारात्मक चेतना जागेको र आगामी दिनमा नेपाल सरकारले यो दिवसलाई सम्बनधीत मन्त्रालय मार्फत नै मनाउनु पर्ने, शुभकामना मनतव्य प्रदान गरी सहयोग गर्नु पर्ने बताउनु भयो । १३ औं विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा काठमाण्डौं महानगरपालिका २६ वडा का वडा अध्यक्ष खेमराज तिवारीले सबै स्थानीय निकायहरुले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्नका लागि बजेट विनियोजन गर्नु पर्ने र काडमाण्डौं महानगरपालिकाले आफ्नो स्रोत साधनको आधारमा डाउन सिण्ड्रोम अपाङ्गता र अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई सक्दो सहयोग गर्ने बताउनु भयो । सो कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिति एवं महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले डाउन सिण्ड्रोम समाज नेपालबाट निर्माण गरिएको नयाँ वर्ष २०७५ को पात्रो र डाउन सिण्ड्रोम सम्बन्धीको स्टिकरको विमोचन गर्नु भएको थियो भने डाउन सिण्ड्रोम समाज नेपाललाई सहयोग गर्नु हुने विभिन्न व्यक्तिहरुलाई प्रशंशा पत्र पनि वितरण गर्नु भएको थियो । सो कार्यक्रममा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले हामी सबै मिलेर अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्नु पर्ने बताउदै १३ औं विश्व डाउन सिण्ड्रोम दिवसको सफलताको शुभकामना व्यक्ति गर्नु भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement