१४ जनाको ज्यान लग्यो बाढिपहिरोले

प्रकासित मिति: २७ असार २०७६, शुक्रबार १५:५४

काठमाडौं । बाढी पहिरोका कारण देशभर १४ जनाको ज्यान गएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार सबैभन्दा धेरै काठमाडौंको मूलपानीमा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । त्यस्तै, पर्सा, रामेछाप सिन्धुली, ललितपुर, धादिङमा समान एक एक जनाको ज्यान गएको छ । त्यस्तै, भोजपुर र काभ्रेमा भने दुई दुई जनाको ज्यान गएको केन्द्रका उपसचिव वेदनिधि खनालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी इन्सपेक्टर पाण्डव राजवंशीले दिएको जानकारी अनुसार रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको हो ।

बनेपा नगरपालिका–३, चुनतालमा पहिरोले घर बगाउँदा हजुरआमा गोमा दंगाल र उनकी नातिनी सुहावी दंगालको ज्यान गएको हो । त्यस्तै, रामेछाप नगरपालिका–५, रामपुरकी पदमकुमारी सुनुवार, रौतहटको जितपुर नगरपालिका–६, का उमेश यादवको मकवानपुरमा ज्यान गएको हो ।

काठमाडौंको मूलपानीमा टहरमा अर्को घरले किच्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको छ । केन्द्रका अनुसार अहिले १४ जना घाइते छन् भने ८ जना बेपत्ता रहेका छन् ।

Bhansar Bivag
Argakhachi Cement