१५ औँ दिनमा अनशन

प्रकासित मिति: ३१ असार २०७५, आईतवार ०१:२४

डाक्टर गोविन्द केसीको बिग्रँदो स्वास्थ्य अवस्थालाइ मध्यनजर गर्दै अनशन स्थलमा इमर्जेन्सी म्यानेजमेन्टका लागि चाहिने सम्पूर्ण उपकरण र औषधीहरु तयारी अवस्थामा राखिएको छ।

आज बिहानैबाट मुटुको गतिमा असामान्य परिवर्तन देखिएकाले उनको उपचारमा संलग्न चिकित्सकहरुको सल्लाह बमोजिम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भेन्टिलेटर र डिफिब्रिलेटर अनशन स्थलमा राखिदिएको हो। साथै इमर्जेन्सी अवस्थामा चाहिने सबै किसिमका औषधि तयारी अवस्थामा राखिएको छ।सत्याग्रहको १५ औँ दिनमा डाक्टर केसीको स्वास्थ्यमा दुई मुख्य समस्या देखापरेका छन्। रगतमा घट्दो सेतो रक्त कोशिकाको संख्या सँगै घाटीमा संक्रमण पनि देखिएको छ। घाँटी दुख्ने, खसखसाउने, खोकी लाग्ने र आवाजमा सामान्य परिवर्तन पनि भएको छ। 

Bhansar Bivag
Argakhachi Cement