१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट

प्रकासित मिति: १५ जेष्ठ २०७६, बुधबार १३:५९

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि निक्कै लोकप्रिय बजेट ल्याएको छ । सरकारले सरकारी आयोजनाहरुमा निजामति बहेकका व्यक्तिलाई पनि आयोजना प्रमुखका रुपमा ल्याउन सक्ने नीति ल्याउने घोषणा गरेको छ । यस्तो नियुक्ती प्रतिस्पर्धाका आधारमा गरिनेछ ।

सरकारले यो वर्ष १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । बुधबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘लोकप्रियमुखी’ बजेट सार्वजनिक गरेका हुन् । सरकारले आर्थिक वर्ष २०७६र७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ ।

कुल विनियोजन रकममध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२ दशमलव ४ प्रतिशत छुट्याइएको छ। यसैगरी पुँजीगत खर्चतर्फ ४ खर्ब ८ अर्ब ५९ लाख विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ५८ लाख छुट्याइएको छ ।

Bhansar Bivag
Argakhachi Cement