१७० जनालाई पार्टी प्रबेस गराउँदै परिवार दल शुरु ग¥यो राष्ट्रीय जागरण अभियान

प्रकासित मिति: १९ फाल्गुन २०७५, आईतवार ०४:५७

धनगढी । बैकल्पीक प्रजातान्त्रीक शक्तिको रुपमा रहेको नेपाल परिवार दलले राष्ट्रिय जागरण अभियान २०७५ को औपचारिक सुरुवात गरेको छ ।
सुदुरपश्चिम प्रदेशको राजधानी धनगडीमा आयोजित बिशेष कार्यक्रम लाई शनिबार सम्बोधन गर्दै दलका अध्यक्ष एकनाथ ढकालले दलले शान्ति र बिकासको लागि सकारात्मक माहोल बनाउन राष्ट्र जागरण अभियान संचालन गरेको बताए । पूर्वमन्त्री समेत रहेका ढकालले राष्ट्रिय एकता, तिब्र विकास, संविधानको प्रभावकारी कार्यन्वयन,असल संस्कार, शुशासन, श्रमको सम्मान, समानता तथा पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्न राष्ट्र जागरण अभियानले सहयोग गर्ने उल्लेख गरे ।
नेता ढकालले सार्बजनिक सोंच, जबाफदेहिता, अनुशासन र राष्ट्रिय प्रतिभाको विकासमा पनि जागरण अभियान सहयोगी हुने भन्दै बाताबरणको संरक्षण र साधन श्रोतको सहि परिचालनमा ओली सरकारको प्राथमिकता हुनु पर्नेमा जोड दिए । अध्यक्ष ढकालले गिटी, बालुवा, सिमेन्ट, रडको रुपमा छरियर रहेका शक्तिहरुलाई एकताबद्ध बनायर राष्ट्र निर्माणमा सहभागी बनाउनु पर्ने बताउदै अहिले वर्तमान व्यबस्थाको विकल्प खोज्ने बेला नभएको बताए ।
नेता ढकालले संबिधान सभाद्वारा जारि संबिधानको कार्यान्वयनवाट नै समुन्नत नेपाल निर्माण सम्भब रहेको पनि जिकिर गरे । कार्यक्रममा स्वतन्त्र व्यक्तिहरु तथा विभिन्न पार्टी परित्याग गरि १७० जनाले परिवार दलमा प्रवेश गरेका थिए । त्यसैगरी परिवार दलले सुदुरपश्चिम प्रदेशको कार्यबाहक संयोजकमा कैलालीका खडक नागरि र बिद्धार्थी संयोजकमा बैतडीका राम भट्टलाइ जिम्मेवारी दिएको छ ।
दलको कैलालि जिल्ला समन्वयन समितिका अध्यक्ष खडक नागरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम परिवार दलका बिद्धार्थी संयोजक राम भट्ट, परिवार दल कैलालीको सल्लाहकार अमृत बिकले मन्तब्य राख्नु भएको थियो भने नेपाल बिद्धार्थी परिवारका केन्द्रिय अध्यक्ष कमल अधिकारीले कार्यक्रम संचालन गरेका थिए । परिवार दलले देशको विभिन्न भागमा राष्ट्र जागरण अभियान संचालन गर्ने जनाएको छ ।

Bhansar Bivag
Argakhachi Cement