२ बर्षदेखि ५ बर्षसम्मका नानीबाबुहरुको “किड्स ट्यालेन्ट ट्राइल्स” भदौ ३ गते हुने

प्रकासित मिति: २५ श्रावण २०७५, शुक्रबार १४:३४

काठमाण्डौं । २ बर्षदेखि ५ बर्षसम्मका नानीबाबुहरुको “किड्स ट्यालेन्ट ट्राइल्स” भदौ ३ गते आईबार राष्टिय नाचघर जमलमा हुने भएको छ । २ देखि ५ बर्षसम्मका नानीबाबुहरु बिचको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति भन्ने बित्तिकै तपाईलाई पनि आश्चर्य लाग्न सक्छ। पक्कै पनि हो, किनकि यति साना नानी र बाबुहरुले राम्ररी सम्हालिएर हिड्न पनि जानेका हुदैनन् तर यस्तै साना साना नानीबाबुहरुको क्षमता अभिवृद्धिका लागि र उनीहरुमा भएको प्रतिभालाई प्रस्फूटनको बिशेष मौका दिनका लागि पनि एउटा भब्य सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुँदैछ। जसलाई किड्स ट्यालेन्ट ट्राईल्स हुदैछ ।

बूढानीलकण्ठ नगरपालिकाभित्रका २४ वटा मन्टेश्वरी पूर्व प्राथमिक विद्यालयहरुको ब्यापक सहभागिता रहने यस कार्यक्रमको आयोजकमा एसोसियसन अफ प्रिस्कूल एजुकेसन नेपाल र बूढानीलकण्ठ नगरपालिका रहेको छ ।

नानीबाबुहरुको प्रतिभा प्रदर्शन हुने उक्त कार्यक्रम सभासद दीपक निरौलाको प्रमुख आतिथ्यतामा हुनेछ भने कार्यक्रममा विशेष अतिथिका रुपमा बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्दब खरेल र अपेनका केन्द्रीय अध्यक्ष बद्रि प्रसाद दाहाल रहने किड्स ट्यालेन्ट ट्राईल्स कार्यक्रमका कार्यक्रम संयोजक राजकुमार घिमिरेले बताएका छन् ।

कार्यक्रमको मिडिया पार्टनरमा स्वदेश नेपाल डट कम, मेगा टिभी, एच टिभी, केटीएम खबर र ए टु जेड खबर रहेका छन् ।

Bhansar Bivag
Argakhachi Cement