३८ दिन पछि थुनामुक्त भए चुडामणि शर्मा

प्रकासित मिति: २७ श्रावण २०७४, शुक्रबार ११:५४

२७ साउन, काठमाडौं । पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासत र पछि न्यायिक हिरासतमा रहेका आन्तरिक राजश्व बिभागका निलम्बीत महानिर्देशक चूडामणी शर्मा सर्वोच्च अदालतको आदेशबाट ३८ दिन पछि थुनामुक्त भएका छन् ।

उनकी श्रीमति कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । सोही रिट अन्तर्गत सर्वोच्चले आज उनलाई थुनामुक्त गर्न आदेश सुनाएको हो ।
शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहनेछ ।कर फर्छ्योट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा दिएको भन्दै गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो ।

आयोगले शर्मासहित कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दावी गर्दै साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यही साउन ४ गते सर्वोच्चले शर्माको मुद्दालाई पूर्ण इजलासमा पठाएको थियो ।

सर्वोच्चले शर्मालाई साउन १७ गते अख्तियारबाट न्यायीक हिरासतमा राख्ने आदेश दिएको थियो ।

Bhansar Bivag
Argakhachi Cement