६०१ सांसदलाई घण्टा बजाएर जगाउँदै डा.केसीका समर्थक सडकमा

प्रकासित मिति: २१ श्रावण २०७४, शनिबार ०६:४२

काठमाण्र्डौ । चिकिन्सा क्षेत्रमा आमुल परिर्वतनको माग गदै ११ औ पटक आवरण अनसनमा बसेका डा. गोबिन्द केसीको मागलाई सम्बोधन गर्न दबाब दिन हजौरो जनता सडकमा उत्रिएका छन् । उनीहरुले सरकार र सांसदले डा.केसीको मागको सुनवाई नगरेको भन्दै घण्टा बजाएर ६०१ सांसदलाई आज सचेत गराउदैछन्

डा.केसीको मागलाई समर्थन जनाउन सवोच्च अदालतकी पूव प्रधानन्याधिस शुसीला कार्की बिबेकशिल साझा पार्टीका सह संयोजक रबिन्द मिश्र लगायत सयौ अधिकारकर्मी माईतघर पुगेको हाम्रा सहकर्मी प्रदिप कडेलले जानकारी दिएका छन् ।
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिको वार्ता दैनिक जसो भएपनि कुनै सहमति जुट्न सकेको छैन । सहमतिका लागि जति दिन लम्बिँदै गएको छ, शिक्षण अस्पतालमा अनसनरत डा. केसी त्यति ‘गल्दै’ गएका छन् ।

चिकित्सा शिक्षा विधेयक आफ्नो सुझावसहित पास गर्न पटक(पटक दिएको अल्टिमेटम सुनुवाई नभएपछि डा. केसीले साउन ९ गते सत्याग्रह थालेका थिए । ६१ वर्षीय केसीको यो ११ औं अनसन हो । उनले अनसन बस्न थालेको ५ वर्ष भइसक्यो ।

Bhansar Bivag
Argakhachi Cement