विश्व शान्ति महिला संघ नेपालले शनिबार नयाँ बानेश्वरमा रहेको न्यु नेपाल सोसाईटी सेन्टरमा आश्रय लिईरहेका ६० जना अनाथ असाय बालबालिकाहरुको लागि खाधान्य सामग्री बितरण गरेको बिश्व शान्ति महिला संघ अन्तगर्त सेकेन्ड जेनेरेसन बिभागकी प्रमुख उषा गिरीले जानकारी दिएकी छन् । उनका अनुसार २० हजार बराबरको दाल चामल लगायतको सामग्री बितरण गरिएको थियो ।