कलिली सुमिनाको अब्बल अभिनय

प्रकासित मिति: १६ आश्विन २०७३, आईतवार १५:१३

 काठमाडौं / हुने विरुवाको चिल्लो पात भने झै सानैदेखि जिज्ञासु, उत्सुक र अध्ययनमा मेधावी सुमिना कुलुंग राई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ओजस्वी र क्षमतावान् विद्यार्थीका रुपमा कहलिएकी थिइन् । हिजो स्कूले जीवनमा छँदै बनाएको परिचयले उनी पछिल्ला दिनमा प्रगतीका सिढी चढिरहेकी छिन्ः कुशल र तिख्खर अभिनयकी खानी बनेर । अर्थात् उनमा ऊ बेला पलाएको अभिनयको रागले यतिबेला फस्टाउने मौका पाएको छ र त उनी आम जनमानसमा नायिकाको रुपमा चम्किने अवसरलाई थप फराकिलो बनाउने अभियानमा अहोरात्र होमिरहेकी छन् । आजभन्दा २२ बर्ष अघि संखुवासभामा जन्मिएकी आशलाग्दी नायिका सुमिनाको अभिनय कौशलताले कलाप्रेमीलाई साँच्चीकै प्रिय बनाएको छ । ‘भगवानले तँ चिता म पुर्याउँछु’ भने झै भयो उनलाई । किनकी वुवा आमाको अध्ययनमा मेधावी छोरी नर्स वनोस् भन्ने चाहाना थियो तर सुमिनाको इच्छा चाँही कलाकारितामा लाग्ने नै थियो । मेघा फेसन शोबाट लक्ष्यको पाइला चालेकी उनले छोटो अबधीमै कला यात्राको राजमार्ग फराकिलो बनाई सकेकी छन्। अभिनय यात्रालाई अझ फराकिलो बनाउन होमिएकी उनले आधा दर्जन म्युजिक भिडियोमा प्रतिभा कैद गराएर चर्चा बटुली सकेकी छिन। कथाले मागे जति दिन राजी उनलाई सेक्स मानब जीवनको अति उत्तम चिज लाग्छ।

Bhansar Bivag
Argakhachi Cement