अभिभावक संघको अध्यक्षमा पुरी

प्रकासित मिति: २१ फाल्गुन २०७३, शनिबार १५:३७

काठमाडौं । अभिभावक संघ नेपालको अध्यक्षमा केशव पुरी निर्वाचित भएका छन् । संघको पाँचौं महाधिवेशनले पुरीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

काठमाडौं । अभिभावक संघ नेपालको अध्यक्षमा केशव पुरी निर्वाचित भएका छन् । संघको पाँचौं महाधिवेशनले पुरीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

स्थापना भएको २१ वर्षपछि संघले नयाँ नेतृत्व पाएको हो । २०५२ सालमा स्थापना भएको संघमा हालसम्म निरन्तर सुप्रभात भण्डारी अध्यक्ष रहँदै आएका थिए । महाघिवेशनले वरिष्ठ उपाध्यक्षहरुमा सरिता अर्याल र सुवास भण्डारीलाई निर्वाचित गरेको छ । त्यस्तै, उपाध्यक्षमा मणीरत्न बज्राचार्य, र रघुनाथ महर्जन साथै महासचिवमा बद्री सञ्जेल निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने केदार कार्की निर्वाचित भएको संघकी वरिष्ठ उपाध्यक्ष सरिता अर्यालले जानकारी दिइन् ।

महाधिवेशनको पूर्व मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै रेग्मीले शैक्षिक सुधारका लागि शिक्षक विद्यार्थी र अभिभावक उत्तीकै जिम्मेवार रहेको बताए । अभिभावक पहिलो शिक्षक भएको भन्दै रेग्मीले विद्यालय जानुभन्दा अगाडी र जानथलेपछिपनि बालबालिकाले निरन्तर अभिभावकबाट नयाँ कुरा सिकिरहने बताए । एउटा बच्चाको शिक्षाका लागि शिक्षक र अभिभावकको बराबर महत्व रहेको उनले दावी गरे ।

Bhansar Bivag
Argakhachi Cement