कर्मचारीलाई प्रोत्साहनका सबै ढोका खुला

प्रकासित मिति: २१ पुष २०७५, शनिबार ०२:१७

सङ्घीय सरकार र निजामती कर्मचारीहरूको आधिकारिक टे«ड युनियनबीच भएको नौ बुँदे सहमतिपछि कर्मचारी समायोजनमा जानका लागि प्रोत्साहनसहित सबै ढोका खुला भएको छ ।
समायोजनपछि कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा पठाइने छ । नयाँ प्रावधानअनुसार सङ्घबाट सङ्घमा, सङ्घबाट प्रदेश र सङ्घबाट स्थानीय तहमा जान सकिने छ । यसैगरी, प्रदेशका कर्मचारीहरू फाइल बढुवाबाट सङ्घमा आउन सक्ने बाटो खुला छ भने अन्तरसेवा प्रतिस्पर्धाबाट आउन सक्ने बाटो पनि खुलै छ । स्थानीय तहमा रेहका निजामती कर्मचारी फाइल बढुवा र अन्तरसेवा दुवैबाट आउने ढोका खुलै रहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीको मनोबल बढाउने गरी वृत्ति विकासको ढोका पनि खुला गरेको बताउँदै आएका छन् ।

Bhansar Bivag
Argakhachi Cement