कला क्षेत्रमा आशलाग्दा रेशव–शिवानी

प्रकासित मिति: १५ श्रावण २०७४, आईतवार १०:४३

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा युवा पिँढीको आर्कषण लोभलाग्दो छ । पछिल्लो समय म्यूजिक भिडियोहरुमा र चलचित्रमा समेत नयाँ पुस्ताका युवा–युवतीहरुलाई देख्न पाइन्छ । प्रविधिको सहज पहुँचसँगै कला क्षेत्रमा पनि नयाँ नयाँ टेक्निक र नयाँ अनुहारहरू भित्रिन सहज भएको छ ।
यसै क्रममा सिन्धुपाल्चोक, बाह्रबिसेका रेशव थापा र ललितपुर सातदोबाटोकी शिवानी थापा कला क्षेत्रमा नयाँ आशलाग्दा युवा कलाकारका रूपमा देखा परेका छन् । पढाइलाई निरन्तरता दिँदै कला क्षेत्रमा समेत साधनारत यी दुईको जोडी म्युजिक भिडियोबाट कलाको दुनियाँमा प्रवेश गरेको छ ।
सुशील श्रेष्ठको शब्द÷संगीत तथा बि कृष्ण अगस्तीको स्वरमा रहेको ‘उकाली’ शीर्षकको आधुनिक रोमान्टिक गीतमा रेशव र शिवानीको अभियन हेर्न सकिन्छ । रामेश्वर जिरेलको छायांकन रहेको सो गीतको सुटिङ गोकर्ण तथा सेतो गुम्बाको सेरोफेरोमा गरिएको थियो ।
शिवानी थापा आफ्नो पढाइसँगसँगै कला क्षेत्रमा प्रवेश गरेकी छिन् । उनले मोडेलिङ गरेको यो गीत पहिलो हो । पहिलो अनुभवले उनमा उत्साह छाएको बताउँछिन् । भन्छिन्, ‘म यो क्षेत्रमा केही गरेर देखाउन चाहन्छु । कलाको मर्म बुझेर अघि बढ्न चाहन्छु । म आशा बोकेर आएकी छु, निराश हुनेछैन र यही क्षेत्रमा आफ्नो पहिचान बनाउने लक्ष्य लिएकी छु ।’
उता बिएस्सी अध्ययन गर्दागर्दै कला क्षेत्रमा छिरेका रेशव पनि यही क्षेत्रमा भविश्य खोज्ने बताउँछन् । उनले भने, ‘मेरो सानैदेखिको इच्छा पनि कलासँगै भिजेको थियो । बीचमा साइन्स पढ्नुपरे पनि मेरो अन्तर्मनले नै यस क्षेत्रमा डो¥याएको हो ।
म्युजिक गीतको निर्देशन बिजय राजले गरेका छन् । गीतको सम्पादन भने सिनेसाइड डिजिटलका विजय जिरेलले गरेका हुन् ।

Bhansar Bivag
Argakhachi Cement