खुला सिमानाका कारण भारतको हस्तक्षेप छः प्रा डा बराल

प्रकासित मिति: २ जेष्ठ २०७३, आईतवार १५:३९

काठमाडौ, भारतका लागि नेपाली पूर्वराजदूत प्रा डा लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण पनि नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले मधेससँग मिलेर होस् वा अरु कुनै कारण पहिलेदेखि नै भारतले कुनै न कुनै रुपमा नेपालमा हस्तक्षेप गर्ने गरेको बताउनुभयो । “नेपाल– भारतबीच खुला सीमाका कारण मधेसमा समस्या हुँदा भारत पनि प्रभावित हुने भएकाले भारतको चासो हुनु स्वाभाविक हो” उहाँले भन्नुभयो ।

पूर्वराजदूत प्रा डा बरालले नेपाल–भारतबीचका सम्बन्धमा आन्तरिक कारणले चिसोपना आएको बताउँदै उहाँले कूटनीतिक नियोग मार्फत नेपालले समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउनाको कारण नेपालको अस्थिर राजनीति नै मुख्य हो भन्दै प्रा डा बरालले भारतका लागि नेपाली राजदूतले कमै मात्र पूरा अवधि काम गरेर आएको अनुभव रहेको सुनाउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement