दक्षिण सुडानमा सरकारी सेना र विद्रोहीबीच भिडन्त हुँदा साठीको मृत्यु

प्रकासित मिति: १ कार्तिक २०७३, सोमबार २३:२७

मालाकाल (दक्षिण सुडान), दक्षिण सुडानमा सरकारी सेना र विपक्षी दलका लडाकूबीच भएको भिडन्तमा साताको अन्त्यतिर कम्तिमा ६० जनाको मृत्यु भएको सुडानी पिपुल्स लिबरेसन आर्मी (एसपीएलए) का प्रवक्ता ब्रिगेडिएर जनरल लुल रुवाई कोआङकले सोमबार बताउनुभएको छ ।

भिडन्तमा पूर्व उपराष्ट्रपति रेइक मसार समर्थक ५६ जना लडाकूको मृत्यु भएको र चार जना सरकारी सैनिक अधिकारीले ज्यान गुमाएको प्रवक्ता कोआङले बताउनुभयो ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भई स्थापना भएको संसारकै सबैभन्दा कान्छो देश दक्षिण सुडानमा राष्ट्रपति साल्भा किर र पूर्व उपराष्ट्रपति मसारका समर्थकबीच हुने झडपमा ज्यान गुमाउने दक्षिण सुडानी नागरिकको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको छ ।

दक्षिण सुडानको वाजोक र लेलो क्षेत्रमा शुक्रबारदेखि झडप सुुरु भई शनिबारसम्म भिडन्त भएको बताइएको छ ।

उक्त झडपमा दर्जनौँ नागरिकले ज्यान गुमाएको र हजारौँ नागरिक विस्थापित हुन पुगेका स्थानीय मानवअधिकारवादी सङ्घसङ्गठनले जनाएका छन् ।

Bhansar Bivag
Argakhachi Cement