दोहोरिने बाम प्रधानमन्त्रीमा केपी ओली दोस्रो

प्रकासित मिति: ३ फाल्गुन २०७४, बिहीबार १०:५३

माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड पश्चात दोस्रो पटक नेपालको प्रधानमन्त्री बन्ने केपी ओली दोस्रा भएका छन् ।पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका एमाले अध्यक्ष केपी ओलीको २९ महिनापछि पुनः प्रधानामन्त्रीमा नियुक्ति भए । ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवाको राजीनामा स्वीकृत गर्दै ओलीलाई ४१ औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेकी हुन् । अब ओलीले नियुक्त भएको ३० दिनभित्र संसदबाट समर्थन जुटाउनुपर्ने हुन्छ ।

गत मंसिर १० र २१ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनमा एमालेले १ सय २१ र माओवादी केन्द्रका ५३ गरी १ सय ७४ सिट जितेका थिए ।

यसअघि ओली २०७२ असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले त्यसवेला २८८ दिन कार्यकारी प्रधानमन्त्रीका रुपमा देशको शासन सत्ता सम्हाल्ने मौका पाए ।

नयाँ संविधान जारी भएसँगै मुलुका संघीयता कार्यान्वयनका क्रममा तीनवटा निर्वाचन स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि ओली बाम गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।
बाम गठबन्धनको सहमतिअनुसार ओलीले ५ बर्षे कार्यकालमध्ये आधा समय प्रधानमन्त्रीको जिम्मेवारी निभाउनेछन् ।

ओलीको परिचय

२००८ फागुन ११ शनिबार तेह्रथुम जिल्लामा जन्मेका हुन्, ओली ।

सामान्य पारिवारिक अवस्थामा जन्मेका उनका बाबु मोहनप्रसाद ओली ज्योतिषि हुन् । श्रीमती राधिका शाक्यसाथ बालकोटमा बस्दै आएका ओली भाइ तथा बुहारी जयप्रसाद ओली र इन्दिरा ओली छन् । त्यस्तै दिदी र बहिनी विष्णुमाया, कौशिला र राजु रहेका छन् ।

ओलीले विभिन्न चरणम दुई दर्जन भन्दा बढि देशको यात्रा गरिसकेका छन् । नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीको अध्यक्ष छन् केपी ओली ।

२०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी भित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उनले शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेका थिए । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएका उनी २०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन सञ्चालन र संघर्षका कार्यक्रमबारे उहााले लिखित पत्रका माध्यमद्वारा सुझावहरु पठाउने गर्थे ।

Bhansar Bivag
Argakhachi Cement