पिसजोनमा असार महिना विद्यार्थी पुरस्कृत

प्रकासित मिति: २२ श्रावण २०७५, मंगलवार १५:२५

दिपेन्द्र पौडेल
पोखरा लेखनाथ ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा प्रत्येक महिना गरिँदै आएको महिना विद्यार्थी छनोटअन्तर्गत असार महिनाको नतिजा सार्वजनिक गरिएको छ । कक्षा एल केजीदेखि दसकक्षासम्म प्रत्येक कक्षाबाट एक एक जनालाई उनीहरूको मासिक मूल्याङ्कन गरेर छनोट गरिएको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगन्द्र शर्मा दाहालले जानकारी दिए ।
पुरस्कृत विद्यार्थीलाई नगद पुरस्कार र महिनाभरि आआफ्नो कक्षाको भित्तामा फ्लेक्स प्रिन्ट फोटो टाँसिएको उनले बताए । असार महिनामा पुरस्कृत हुने विद्यार्थीहरूमा कक्षा एलकेजीबाट साकिरा सुवेदी, कक्षा युकेजीबाट रक्षा गिरी, कक्षा एकबाट क्षितिज गिरी, कक्षा दुईबाट ग्रीष्मा वाग्ले र कक्षा तिनबाट प्रसिद्ध कार्की रहेका छन् । त्यसैगरी कक्षा चारबाट सदिक्षा घिमिरे, कक्षा पाँचबाट समीर ढकाल, कक्षा छबाट तिर्सना कार्की र कक्षा सातबाट विपना लामिछाने असार महिना विद्यार्थीबाट सम्मानित भए । त्यस्तै कक्षा आठबाट कविता बस्नेत, कक्षा नौबाट स्वीकृति खिचाजू र कक्षा दसबाट नमिता घर्तीले असार महिनाको महिना विद्यार्थीको उपाधिलाई आफ्नो पोल्टामा पार्न सुरक्षित भए । पुरस्कृत विद्यार्थीलाई जनही पाँच सय रुपैयाँ र फोटो फ्लेक्स प्रिन्ट एक महिनासम्म कक्षाको भित्तामा टाँसिने विद्यालयले जनाएको छ । फरक सोच, भिन्न शैली एवम् विद्यार्थी मैत्री वातावरणमा सञ्चालित पिसजोन एकेडेमीले विगत १५ वर्षदेखि नै अन्य विद्यालयहरूले भन्दा फरक शैलीका कार्यक्रमहरू सहक्रियाकलाप र शैक्षणिक योजनामा राखेर अघि बढेको संस्थापक शर्माले जनाए । सैद्धान्तिक ज्ञान, किताबी ज्ञानमात्र नभई बालबालिकाको चौतर्फी विकासमा फरक शैली अप्नाएर विद्यार्थीको मानसिक, बौद्धिक एवम् चारित्रिक विकासमा जोड दिने गरिएको विद्यालयले जनाएको छ । विद्यालयले यसअघि अङ्ग्रेजी सप्ताह अन्तर्गत विविध कार्यक्रम सम्पन्न गरिसकेको छ भने आइतबारदेखि नेपाली सप्ताह चलेकाले नेपाली विषय अन्तर्गतका सहक्रियाकलापका कार्यक्रमहरू चलिरहेको विद्यालयका नेपाली शिक्षक अमृत घिमिरेले जानकारी दिए ।

Bhansar Bivag
Argakhachi Cement