पूर्वमन्त्री ढकालले भेटे भारतीय लोक सभाकी सभामुख सुमित्रा महाजन

प्रकासित मिति: २१ पुष २०७५, शनिबार ०२:०८

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम्पूर्व मन्त्रि तथा आइएपिपि एशिया प्रशान्त क्षेत्रका अध्यक्ष एकनाथ ढकालले भारतीय लोक सभाकी सभामुख सुमित्रा महाजन संग भेट गरेका छन् । । संसद भवन स्थित सभामुखको कार्यकक्षमा भएको भेटमा भर्खरै नेपालमा सम्पन्न एशिया प्यासिफिक समिट बारे कुराकानी भएको ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिए । भेटमा पूर्व मन्त्रि ढकालले एशिया प्यासिफिक समिटको बारेमा
संक्षिप्त जानकारी दिदै उक्त सम्मेलनद्वारा जारि काठमाडौँ घोषणा पत्र सभामुख सुमित्रा महाजनलाइ प्रस्तुत गरेका थिए । सभामुख सुमित्रा महाजनले खुशी र प्रसंशाका साथ् काठमाडौँ घोषणा पत्र ग्रहण गर्दै समिट आयोजकलाई धन्यवाद दिएको स्वकीय सचिव श्रेष्ठले बताए ।
भेटमा लोकसभाका सांसद डा. ठोक्चोम मेनिया तथा राज्यसभाका सांसद भुवनेश्वर कलिता, भारतीय जनता पार्टीका नेता बिजय जोली लगायत सहभागीता रहेको थियो । यहि मङ्सिर १५ देखि १७ सम्म काठमाडौँकोमा सम्पन्न एशिया प्यासिफिक शिखर सम्मेलनमा भारतका पूर्व प्रधानमन्त्री ऍच. डी. देवगौड़ा समेत ३४० जना भारतीय प्रतिनिधिले सहभागिता रहेका थियो। ूवर्तमान विश्वका चुनैतिहरुको सामना स्अन्तरनिर्भरता, पारस्पारिक संमृद्धि र विश्वब्यापक मूल्यमान्यताू बिषयक शिखर सम्मेलनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सम्मेलनमा नेपाल सहितका ७ मित्र राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुख र ४५ राष्ट्रका १५०० विशिष्ट प्रतिनिधिहरुले सहभागिता रहेको थियो ।

Bhansar Bivag
Argakhachi Cement