भरतपुर–१९ मा पुनः मतदान गराउन यथाशीघ्र मिति तोक्नुस्ः आयोग

प्रकासित मिति: १६ श्रावण २०७४, सोमबार १५:०३

काठमाडौँ, १६ साउन । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नंं १९ का सबै मतदान केन्द्रमा यथाशीघ्र पुनः मतदान गराउने मिति तोक्न चितवनका मुख्य निर्वाचन अधिकृतलार्ई निर्देशन दिएको छ ।

आयोगको  बैठकले उक्त वडाको मतदान हुने स्थान, मिति र समय तोक्न महानगरपालिका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना गर्ने व्यवस्था मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जनाएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत गत वैशाख ३१ गते मतदान भई मतगणनाका क्रममा जेठ १५ गते मतपत्र च्यातिएपछि मतगणना स्थगन भएको थियो । उक्त घटनापछि सर्वाेच्च अदालतमा तत्काल मतगणना अघि बढाउन आदेश जारी गर्न माग गर्दै परेको रिट निवेदन अदालतले आइतबार खारेज गरी पुनः मतदान गराउने फैसला सुनाएको थियो । मतगणनाका क्रममा सो वडाको ९० मतपत्र च्यातिएका थिए । नेकपा(माओवादी केन्द्र)का तर्फबाट रेणु दाहाल र नेकपा(एमाले)का तर्फबाट देवी ज्ञवाली उक्त महानगरपालिका प्रमुखमा उम्मेदवार हुनुहुन्छ ।

Bhansar Bivag
Argakhachi Cement