श्रम सम्झौता : नेपाली कामदार लैजाँदा हुने खर्च मलेसियाली कम्पनीले व्योहोर्ने

प्रकासित मिति: १२ कार्तिक २०७५, सोमबार ०७:१५

नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता भएको छ।सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियन समकक्षी एम कुला शेघरानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै अब मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा कामदारले शुल्क तिर्नुपर्ने नपर्ने भएको छ।

सम्झौतामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने उल्लेख गरिएको मन्त्री विष्टले जानकारी दिए।

त्यस्तै सम्झौतामा मलेसिया जाने नेपाली कामदारको करार अवधि दुई वर्षको हुने र प्रत्यक महिनाको ७ गते तलब पाउने उल्लेख गरिएको मन्त्री विष्ठले बताए। त्यस्तै कामदारको तलब मलेसिया सरकारको नियम अनुसार हुनेछ।

नेपाली कामदारका कोही आफन्तको मृत्यु भएका १५ दिनभित्र घर आउने व्यवस्था हुने कुरा पनि सम्झौतामा उल्लेख छ।

नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो पनि सम्झौताले सम्बोधन गरेको श्रम मन्त्रालयले जनाएको छ।

मलेसिया सरकारले प्रवेशाज्ञा शुल्कबापत सात सय मात्र तोकेको सन्दर्भमा विभिन्न एजेन्सीले स्वास्थ्य परीक्षण गर्न ३९ वटामात्र स्वास्थ्य संस्थाको एकाधिकार कायम गरी नेपाल सरकारले तोकेभन्दा बढी मनोमानी ढङगबाट शुल्क लिँदै आएका थिए। दुइृ मुलुकबीचको सम्झौतासँगै यसको अन्त्य भएको छ।

Bhansar Bivag
Argakhachi Cement