संघ र प्रदेश निर्वाचन एकै पटक हुने

प्रकासित मिति: १ भाद्र २०७४, बिहीबार १५:१८

प्रमुख तीन दल र निर्वाचन आयोग संघ र प्रदेशको निर्वाचन एकै पटक गर्न सहमत भएका छन् । निर्वाचन आयोगले यसअघि ब्यवस्थापकीय कमजोरीका कारण एकै साथ निर्वाचन गर्न नसकिने बताउदै आएपनि चरणबद्ध रुपमा दुवै निर्वाचन एक साथ गर्न आयोग पदाधिकारी सहमत भएका हुन् । प्रधानमन्त्री निवास बालुुवाटारमा आज साँझ बसेको प्रमुख तीन दल र निर्वाचन आयोगका पदाधिकारीबीच मंसिरको पहिलो साता संघ र प्रदेशको निर्वाचन गर्ने सहमती बनेको हो । निर्वाचन आयोगले मंसिर ४ गतेको मितिमा निर्वाचन गर्न उपयुक्त हुने भन्दै प्रस्ताव गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement