संविधान प्रस्ताव फिर्ताको माग गर्दै बालुवाटार अगाडि प्रदर्शन

प्रकासित मिति: २२ मंसिर २०७३, बुधबार ०९:२३

काठमाडौँ, २२ मङ्सिर – संयुक्त युवा विद्यार्थीले संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजान थालेको भन्दै संशोधन फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् । ‘देश टुक्र्याउन पाइँदैन, संशोधन प्रस्ताव मान्दैनौँ’, ‘राष्ट्रघाती षडयन्त्रको भण्डाफोर गरौँ’ लगाएतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

प्रदेश नं. ५ का जनताको जनभावना विपरित प्रचण्ड सरकारले भारतको इसारामा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको भन्दै प्रधानमन्त्रीलाई खवरदारी गर्न प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।

Bhansar Bivag
Argakhachi Cement