समानुपातिक सिट बाँडफाँट कुन दललाई कति सिट

प्रकासित मिति: ६ पुष २०७४, बिहीबार ०५:२०

निर्वाचन आयोगगले प्रदेश सभा सदस्य निर्वाचनतर्फ समानुपातिकतको सिट बाँडफाँट आज गर्ने भएको छ। बिहीबार अबेरसम्म भए पनि सिट बाँडफाँट सक्ने आयोगको तयारी छ। बिहीबार समय अभावमा सिट बाँडफाँट नभएमा शुक्रबार बाँडफाँट हुनेछ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन क्षेत्रबाट प्रारम्भिक रुपमा प्राप्त भएको तथ्याङ्क प्रशोधन भइरहेको बताए। ढकालले तथ्याङ्क पुनः परीक्षण सकेर आजै सिट बाँडफाँटको तयारी रहेको पनि बताए।

कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसकोमा प्रदेशतर्फ ९० लाख १९ हजार ३३० मतमात्र सदर भएको छ। १५ लाख ६८ हजार १९१ मत बदर भएको छ। बदर मत १४ दशमलव ८१ प्रतिशत हो।

कसको कति सिट
प्रदेश १ मा समानुपातिक तर्फ एमालेले सबैभन्दा बढी सिट पाउने देखिन्छ। प्रदेश १ को मतपरिणाम अनुसार एमालेले समानुपातिकमा १५ सिट पाउने देखिन्छ। उसले ६ लाख ७३ हजार ७०९ मत पाएको छ।

यस्तै कांग्रेसले १३, माओवादी केन्द्रले ५ सिट पाउने देखिन्छ। संघीय समाजवादी फोरम २, राप्रपा १ एक सिट समानुपातिकमा पाउनेछन्।

यस्तै, प्रदेश २ को समानुपातिकमा सबैभन्दा बढी कांग्रेसले ११ सिट पाउनेछ। राजपाले १०, संघीय समाजवादी फोरमले ९, एमालेले ७, माओवादी केन्द्रले ५ र नेपाल संघीय सजाजवादी पार्टीले १ सिट पाउनेछ।

प्रदेश ३ मा सबैभन्दा बढी सिट एमालेले पाउनेछ। एमालेले प्रदेश ३ मा १६ सिट पाउनेछ। यस्तै, कांग्रेसले १३, माओवादी केन्द्रले ८, विवेकशील साझाले ३, राप्रपाले १, राप्रपा प्रजातान्त्रिक १, र नेमकिपाले १ नयाँ शक्तिले १ सिट पाउनेछन्।

प्रदेश ४ मा पनि एमालेले नै सबैभन्दा बढी सिट पाउनेछ। प्रदेश ४ मा एमालेले १० सिट, कांग्रेस ९, ३, नयाँ शक्तिले २ सिट पाउने सम्भावना छ।

यस्तै, प्रदेश ५ मा एमालेले १३, कांग्रेसले १२, माओवादी केन्द्रले ६, र संघीय समाजवादी फोरमले २ सिट पाउने देखिन्छ।

यस्तै, प्रदेश ६ मा एमाले ६, कांग्रेसले ५ र माओवादी केन्द्रले ४ सिट पाउनेछन्। प्रदेश ७ मा कांग्रेसले ८, एमालेले ८, ४ र रापजाले एक सिट पाउने मतपरिणामले देखाउँछ।

Bhansar Bivag
Argakhachi Cement