सरकारले नै मलेसिया कामदार पठाउने सम्भावना

प्रकासित मिति: १५ श्रावण २०७५, मंगलवार ०३:४०

दक्षिण कोरियामा जस्तै सरकारीस्तरबाटै वैदेशिक रोजगारीमा मलेसिया जाने व्यवस्था हुने सम्भावना देखिएको छ । म्यानपावर कम्पनी र अन्य विभिन्न निजी कम्पनीबाट कामदार ठगिएको भन्दै नेपाल र मलेसिया दुवै मुलुक सरकारीस्तरबाटै कामदार पठाउने व्यवस्था गर्न सकारात्मक देखिएका हुन् ।

मलेसिया सरकारले हालै नेपाली कामदार पुनः मलेसिया ल्याउने विकल्प दुई सरकारबीचको संयन्त्र गभमेन्ट टू गभर्मेन्ट –जीटूजी नै भएको प्रतिक्रिया दिएको छ ।
नेपाली कामदारमाथि मलेसिया जानुअघि नै ठगी भएको पाइएपछि नेपाल सरकारले अहिले मलेसिया श्रमिक पठाउन बन्द गरेको छ । म्यानपावर तथा बिचौलियामार्फत कामदार मलेसिया जानुपर्ने बाध्यताको अन्य गर्ने गरी दुई सरकारबीच अनौपचारिक संवाद शुरु भइसकेको छ ।नयाँ पत्रिका दैनिकको समाचारमा छ ।

Bhansar Bivag
Argakhachi Cement