७० हजारमा ५ लाख नेपाली जापान जाने

प्रकासित मिति: २२ श्रावण २०७५, मंगलवार १४:४२

काठमाडौं । जापानले अब ७० हजार रुपैयाँमै ५ लाख नेपाली कामदार लैजाने भएको छ । जापान विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको देश हो ।

सरकारले जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग छलफल शुरु गरेको छ । सरकारी संयन्त्रमार्फत नै नेपाली कामदार पठाउने सवालमा जापानको सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले जनाएका छन् ।

ती अधिकारीका अनुसार यो विषयमा श्रममन्त्रीले जापानसँग चरणबद्ध रुपमा छलफल गरिरहेको छ । यद्यपि, यो विषय सार्थक हुन केही समय भने लाग्ने ती अधिकारीको भनाई छ । उनी भन्छन्, ‘अहिले जापानमा कामदारको निकै अभाव छ । जापान सरकार पनि नेपाली कामदार इमान्दार हुने भएकाले यहाँबाट कामदार लैजान इच्छुक रहेको देखिएको छ । छलफल निकै सकारात्मक ढंगले अगाडी बढिरहेको छ ।’

Bhansar Bivag
Argakhachi Cement