पोखरामा विज्ञान सम्बन्धि अन्तर्राष्टिय सम्मेलन सम्पन्न

Posted on October 20th, 2016 By Bishnu Giri

नेपाल पोलिमर इन्स्टिच्यूट (एन्.पि.आइ.) ले पोखरा विश्वविद्यालयको सहकार्य र विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जर्मनी स्थित इन्स्टिच्यूट अफ पोलिमर मेटेरियलको सहयोगमा कार्तिक १ देखि आयोजना गरेको ४ दिने अन्तर्राष्टिय सम्मेलन ‘‘काठमाडाँै सिम्पोजिया अन् एड्भान्डस मेटेरीयल (प्बक्ब्ः(द्दण्ज्ञट)’’ को तेश्रो सम्मेलन पोखरामा सम्पन्न भयो ।
सम्मेलनको समापन समारोहमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. विष्णुराज तिवारीले पोखरामा यस प्रकारका सम्मेलन हुनु समग्र पश्चिम क्षेत्रको लागि गौरवको विषय भएको वताउनुभयो । समापनमा त्रिभुवन विश्वविद्यालय रसायन शास्त्र केन्द्रीय विभागका प्रा.डा. पारश नाथ यादव, जर्मन वैज्ञानिक डा. राल्फ लाख, रसायनशास्त्रको अन्तर्राष्टिय संस्था क्ष्ग्एब्ऋ का वैज्ञानिक प्रा.डा. माइकल हेज, 14650361_10209485782238833_3634211146115110045_nफ्रान्सका वैज्ञानिक र डा. जमाक साइटरले महत्वपूर्ण अभिव्यक्ति दिनुभएको थियो । विभिन्न विषयमा शोधकार्य गर्ने विद्यार्थी तथा युवा वैज्ञानिकहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरष्कृत हुनेमा बंगलादेशका फर्दिहुसी वेगम, भारतका आजाद कुमार र चेक गणतन्त्रका डा. राफाल पोरेवा हुनुहुन्थ्यो । कार्यक्रममा नेपाली युवा वैज्ञानिक प्रमिला खड्का र अरुण आचार्य (काठमाडौँ) र राममिलन राना (पोखरा) पुरष्कृत हुनुभयो । पुरष्कृत हुनेको नामावली प्रा.डा. मोतीलाल शर्माले पढेर सुनाउनुभएको थियो । वैज्ञानिकहरुको प्रस्तुतिकरणको विभिन्न प्राध्यापक तथा वैज्ञानिकहरुको मूल्यांकन समितिको संयोजन डा. नेत्रलाल भण्डारीले गर्नुभएको थियो ।
सम्मेलनको समुद्घाटन नास्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले पानसमा वत्ती बाली गर्नुभएको थियो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवी शर्माले यस प्रकारको कार्यक्रममा सह आयोजक बन्न पाउँदा पोखरा विश्वविद्यालयका प्राज्ञ तथा विद्यार्थीले आफूलाई विश्वसामु प्रस्तुत गर्न अभुतपुर्व अवसर मिलेको बताउनुभएको थियो । समापन सत्रमा नेपाल पोलिमर इन्स्टिच्यूटका अध्यक्ष तथा सम्मेलनका संयोजक प्रा.डा. रामेश्वर अधिकारीले कार्यक्रमको सञ्चालन तथा आगामी कार्यक्रमको रुपरेखा प्रश्तुत गर्नुभएको यियो । काठमाडौँमा प्राय सभा सम्मेलनहरु भइरहने तर मोसफलमा यस्ता कार्यक्रमहरु विरलै मात्र हुने सन्दर्भमा पोखरामा आयोजना हुन जाँदा स्थानिय स्तरका विज्ञान सम्वन्धि कार्य तथाअनुसन्धानमा संलग्न वैज्ञानिकहरुलाई प्रोत्साहन मिल्न सक्ने र सम्मेलनमा उपस्थित नेपाल तथा विदेशका वैज्ञानिकहरुसित प्रत्यक्ष सम्बाद गर्ने अवसर प्राप्त भएको कुरा प्रा. अधिकारीले बताउनुभयो । आयोजक समितिको तर्फबाट डा. राजेश पण्डितले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
स्थानीय आयोजक समितीका सदस्यहरु कोमल प्रसाद मल्ल, विष्णु प्रसाद न्यौपाने , अनिल गौतम तथा हरिशरण अधिकारीका अनुसार यस प्रकारको कार्यक्रम पोखरामा हुनाले पोखरा तथा सम्पुर्ण पश्चिम क्षेत्रमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई प्रोत्साहन पुगेको बताउनुभयो ।