डा केसी सर्वोच्च अदालतमा उपस्थित

प्रकासित मिति: २५ पुष २०७४, मंगलवार ०६:०१

पक्राउको विरोधमा मङ्गलबार माइतीघर मण्डलामा आयोजना गरिएको प्रर्दशनमा नयाँ शक्ति पार्टी संयोजक डा बाबुराम भट्टराई तथा विवेकशील पार्टीका रविन्द्र मिश्र

काठमाडौँ, २५ पुस  वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित हुनुभएको छ ।
सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो ।

डा केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार अनशन शुुरु गर्नुभएको थियो । अनशन स्थलबाट सोमबार साँझ ८ बजे डा केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

Bhansar Bivag
Argakhachi Cement