हावी राजनीति

प्रकासित मिति: २१ मंसिर २०७४, बिहीबार ०४:४०

योगेन्द्र रिजाल
ओसाका , जापान

अहिले देश चुनाबमय हुदै गर्दा केहि कुरा लेख्न मन लाग्यो । चुनाबको हल्ला सबैतिर हुदा प्रस्ट साथ देखिन्छ हामी नेपालीहरु राजनीतिलाई कति इत्सुक्ताका साथ लिने गर्दछौ । तर के नेपाली राजनीति र राजनीतिकर्मिहरुले त्यहि आधारमा देश र जनतालाई केहि दिएका छन् त ?

अहिले चुनाब प्रचार प्रसारमा उत्रेका नेताहरु सुन्दा धेरै नै मिठो लाग्ने एजेन्डाहरु लिएर आएका छन्। हाम्रो स्मरण शक्तिले सायद अघिल्लो पालीको चुनाबमा के-के आस्वासन दिएका थिए भन्ने बिर्सीसक्यौ होला भन्ने लागेको होला। तर हामीहरुलाई सबै याद छ, उनीहरुले दिएका धेरै बचन पुरा भएका छैनन्। त्यसैले चुनाब-प्रसारमा आउने नेताहरुका कुरा सुन्नु भन्दा पनि उनीहरुको छबि र उनीहरुको बिगतलाई ध्यान दिनु होला ।

देश पछि पर्नु को मुख्य कारण राजनैतिक व्यवस्था हो जस्तो लाग्छ । देशमा लोकतन्त्र आयपछी  देशको राजनीति र राजनैतीक पार्टी अनी पार्टीका  नेता यति  हावी भए कि देशको सबै कुरा  राजनीति मै पूर्ण निर्भर भयो। राजनैतीक पार्टीहरु लाई जवाफदेहि  बनाउने शक्तीहरु नै देशका राजनैतीक पार्टी र नेताहरुका  नियन्त्रणमा रहे। जनताको  नियन्त्रणमा  हुनु पर्ने  राजनैतीक पार्टी र राजनैतीक कर्मीहरुले जनतालाई काबुमा पार्न सफल भए। आम-मानिसलाई सरकारी काम गर्नु परेमा तिनै राजनीतिज्ञको  सोर्स-फोर्स चाहिने बेवस्ता बसालियो ।  राजनीति र राजनैतीक पार्टीलाई अबलोकन र नियन्त्रणमा राख्नु पर्ने निकायलाई राजनैतिक व्यवस्थाले  निस्तेज परिसकेका छन् । प्रहरी,  सेना,  लगायत  सबै कर्मचारी,  आदि  ठाउँमा  राजनैतीक नियुक्तीबाट नियुक्ती हुँदा त्यसमा  पुग्ने व्यक्तिले  आफुलाई तलब खुवाउने करदाता र  सेवाग्राही जनता प्रती नभएर राजनीतिक दल प्रति  जवाफदेही हुने व्यवस्थाको चलनी भएको छ। अरु त कुरा नै छोडौ, देशको उच्च रहेका अख्तियार र सर्बोच्च अदालत जस्ता कार्यालयमा समेत राजनैतिक हस्तछेप गरि राजनीतिक रुपमा नियुक्ति गर्दा त्यसमा नियुक्ति हुने कर्मचारीले सर्व-साधारणका आवाज निस्पक्ष रूपमा भन्दा पनी नियुक्ती गर्दिने वालाको स्वर सुन्ने चल्ती छ । जब सम्म यो बिधि र राजनैतिक पार्टीहरुको सासन कायम रही रहन्छ , देशमा गुन्डा र भ्रस्टचारी मात्र नियुक्तिमा परि रहन्छन । नया नेपालको सृजना तब मात्र गर्न सकिन्छ जब नेताहरु चाही जनताको नियन्त्रणमा आउछन् ।

जब सम्म हामी नेताहरुको अन्धभक्त भएर उनीहरु को सानो अनुग्रहको आशामा उनीहरुको दाशी बनि रहन्छौ, देशमा यो प्रणाली चलि नै रहन्छ। देशको राजनीतिमा चासो लिनु नराम्रो कुरा होइन । तर एउटा पार्टीको झण्डा बोकेर त्यसको अन्धभक्त बनेर नेताहरुको पछी लाग्नु चाही कदापी देशलाई राम्रो गर्दैन ।  त्यसैले हामी जनता भएर नै रहनु पर्छ र नेताहरुलाई निस्पक्ष रुपमा मुल्यांकन गर्नु पर्छ ।

Bhansar Bivag
Argakhachi Cement