अंग्रेजी पिक्टोरिएल कविता प्रदशनी मिथिला एन आर्ट ग्यालरीमा शुरु

प्रकासित मिति: ७ बैशाख २०७६, शनिबार १२:५८

काठमाण्डौ । वड्स हाइवे नेपाल को आयोजना शनिबार मिथिला एन आर्ट ग्यालरी ठमेलमा कला र कविता को अदभूत समिश्रण रहेको पिक्टोरिएल कविता प्रद्शनी शुरु भएको छ । प्रदशनीको पुर्ब प्रधानमन्त्रीले लोकेन्द्र बहादुर चन्दले उद्घाटन गरे ।
साहित्यकार समेत रहेका पूर्वप्रधानमन्त्री चन्दले कला र कवितामा धेरै कुरामा समानता छ यो दुबै को मिश्रण ले झन मानिसलाई विश्व शान्ति र प्रेम तर्फ आकर्षण गर्ने बताए ।
नेपाल लगाएत विश्व भरिका १२० कविहरुका कविता र कला प्रर्दसनी राखिएका छन् । भारतिय राजदूतावा का सस्कृती बिभाग प्रमुख रघुबिर शर्मा र आर आर क्याम्पस उप प्रमुख बामदेब शर्मा र बङगालादेशी कवि तथा भारतीय कवि र नेपालका १२ जना कविले आ आफ्नो कविता वाचन गरेको कवि रुपसिह भण्डारी एटुजेट खबरलाई जानकारी दिए । भण्डारीका अनुसार कार्यक्रममा पूर्व प्रधानमन्त्री चन्दले आफ्नो अंग्रेजी कबिता बाँचन गरेर सुनाएका थिए । भण्डारीका अनुसार पाँच दिन सम्म चल्लेन प्रदर्शनीमा कला र कबिताको समिस्रणका फोटोहरु प्रदशनीमा राखिएको बताए । युवा कवि सुभाससिंह पराजुलीको अध्यक्षता कार्यक्रम भएको थियो । अंग्रेजी कबीहरुको संस्था वड्स हाइवेलाई नेपालमा कबि रुपसिह भण्डारी तथा सुभाससिंह पराजुली लगायतको समुहको सक्रियतामा स्थापना गरिएको हो ।

Bhansar Bivag
Argakhachi Cement