अध्यक्ष ढकालद्धारा नारी दिवसको शुभकामना

प्रकासित मिति: २४ फाल्गुन २०७४, बिहीबार ०४:२२

काठमाण्डौ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
१०८ औ नारी दिवसका अवसरमा बिहिबार बिज्ञप्ति प्रकाशन गदै अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको भन्दै त्यसविरुद्ध नारी जागरणअहिले आवश्यकता रहेको उल्लेख गरेका छन् । आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गर्दै ढकालले हिंसा र लोकतन्त्र जनताको सम्प्रभूतामाथिको सबैभन्दा ठूलो खतरा रहेको बताका छन् ।

महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गरउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउ ढकालले शुभकामना सन्देशमा भनेका छन् ।

Bhansar Bivag
Argakhachi Cement