काठमाडौँ, । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले फागुपूर्णिमा अर्थात होली पर्व, २०७४ का अवसरमा शुभकामना दिएका छन् । अध्यक्ष ढकालद्धारा जारी गरिएको शुभकामना सन्देशमा होली पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कार्यम गर्न सफल होस भन्ने कामना गरेका छन् ।
बाम प्रगतिशिल गठबन्धनका नेता समेत रहेका ढकालले शुभकामना सन्देशमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुशी र हर्षोल्लासपूर्वक रंगमा रमाएर यस पर्व मनाउन आग्रह गरेका छन् । होली पर्वले सबै नेपालीमा खुशीका रंग छर्दै नयाँ उमंग एवं हर्षोल्लास प्रदान गदै देशलाई आर्थिक समृद्धि तथा बिकास तर्फ लाग्न सबैमा आग्रह गरेका छन् । ढकालले होली पर्वले नेपाली समाजलाई एक सुत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै प्रत्येक नेपालीको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुद्ध नेपाल निर्माणको महाअभियानमा सहभागी हुन आवहाँन समेत गरेका छन् ।