नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले भारतीय संसद (लोक सभा ) का नव निर्वाचित माननीय सभामुख श्री ओम बिरलालाइ हार्दिक बधाई ज्ञापन गर्नु भयको छ । भारतीय संसद भवन स्थित सभामुखको कार्य कक्षमा भयको भेटमा पूर्व मन्त्रि ढकालले दुइ मित्र राष्ट्रका बिधायकहरु बीच आपसी हितको लागि हुन सक्ने सह कार्य तथा आदान प्रदान बारे कुरा गर्नु भयको उहाँको सचिबलायाले जनायको छ । अध्यक्ष ढकालले विश्व सांसद हरुको मंच “इन्टरनेशनल अशोशियशन अफ पार्लियामेन्टरियन फर पिस” (आइएपिपि) मा भारतीय सांसदहरुको सहभागिताको लागि प्रस्ताब गर्नु भयको र सभामुख बिरला ले शान्ति, लोकतन्त्र र मानब कल्याणको लागि स्थापित हरेक अन्तराष्ट्रिय मंच हरुमा भारतीय संसद्को सक्रिय सहभागिता रहने बताउनु भयको भेटमा सहभागी ढकालका सहयोगी कृष्ण अधिकारीले जानकारी दिनु भयो । ढकाल आइएपिपि एशिया प्रशान्त क्षेत्रको अध्यक्ष पनि हुन्