१६ जेठ, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले गृह मन्त्री राम बहादुर थापा बादल संग बुधबार भेट गर्नु भएको छ । गृह मन्त्रालयमा भएको भेटमा अध्यक्ष ढकालले गृहमन्त्रीको अगुवाइमा यातायात क्षेत्रका सिण्डिकेटको अन्त्य तथा सुन तस्करमाथिको सफल कारबाही भएकोमा गृहमन्त्री बादललाई बधाई दिदै आगामी दिनहरुमा अन्य क्षेत्रको सिण्डिकेटको अन्त्य गर्न तथा समाजका सबै खाले बिकृति र विसंगतिको अन्त्य गरि शान्ति सुब्यबस्था कायम गर्न दरो नेतृत्व प्रदान गर्न आग्रह गरेको ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिए। भेटमा समसामयिक बिषय तथा देशको शान्ति सुरक्षाको बारेमा पनि छलफल भएको थियो । गृह मन्त्रीबादलले सरकार शान्ति सुब्यबस्था कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आफुले सबैको सहयोगको अपेक्षा राखेको बताएका थिए ।