पूर्वराष्ट्रपति मुखर्जीले नेपाल र भारत बिचको सम्बन्ध विशिष्ट र अतुलनिय भएको उल्लेख
दिल्ली । दुइ दिने भारत भ्रमणमा रहनु भएका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी संग भेटबार्ता गर्नु भएको छ । मुखर्जी निवास दिल्लीमा भएको भेटमा आपसी हितको बारेमा कुराकानी भएको परिवार दलका भारत संयोजक कृष्ण अधिकारीले जानकारी दिए । भेटमा पूर्वराष्ट्रपति मुखर्जीले नेपाल र भारत बिचको सम्बन्ध विशिष्ट र अतुलनिय भएको उल्लेख गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पूर्ण सफलताको शुभकामना ब्यक्त गरे । अध्यक्ष ढकालले पूर्व राष्ट्रपति मुखर्जी लाई अनुकुल समयमा नेपाल भ्रमणको निमन्त्रणा पनि गर्नु भएको छ । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति हुनुहुन्थ्यो । भेटमा भरतीय राज्य सभाका सांसद भुवनेश्वर कलिता पनि सहभागी हुनुहुन्थ्यो । ढकाल इन्टर नेशनल एशोशिएसन अफ पार्लियामेन्टरियन फर पिस (आइएपिपि) एशिया प्रशान्त क्षेत्रको अध्यक्ष पनि हुन् ।