फणीन्द्र फुयाल ज्वाला
कुनै बेला नेपाल प्रहरी संगठनका प्रमुख नैं सार्वजनिक कार्यक्रमहरुमा भन्ने गर्थे, अपराध अनुसन्धानमा नेपाल प्रहरी संगठन दक्षिण एसियाकै उत्कृष्ट मात्र होइन नं वानमा पर्छ । वर्षौदेखि फरार रहेका र अदालतले दोषि ठहर्याएका अपराधिहरु पक्रेर उनीहरुलाई कानूनी दायरामा ल्याएको देख्दा, सजायको भागिदार बनाएको देख्दा र मूठमेडको नाममा गोलि ठोकेर गुण्डाहरु मारेको समाचार लेख्नु पर्दा यो स्तम्भकारलाई लाग्थ्यो नेपाल प्रहरी संगठन उसले दावि गरेको जस्तै दक्षिण एसियामै सक्षम, सवल, उत्कृष्ट र नं वान नैं छ क्यारे १
तर, के प्रहरीले दाबि गरे अनुरुप नैं संगठनको छबि दक्षिण एसियामा एक नम्बरमा पर्ला त रु दाबि गर्नु एउटा कुरा हो तर ‘रिसर्च’बाट प्रमाणित हुनु र त्यसका आधारमा भन्नु अर्को कुरा हो ।
विषय प्रवेश
विषयबस्तुको उठान गारौँ । पछिल्लो पटक बढुवा प्रकरणमा फर्जि कागजात ९प्रमाण० पेश गरेपछि जागिरबाट राजीनामा दिई राजनीतिमा पवेश गरे नवराज शिलवाल । उनी राजनीतिमा प्रवेश मात्र गरेनन् प्रतिनिधि सभा सदस्यका लागि ललितपुरबाट बिजयी भए । उनलाई नेकपा ९एमाले० ले बिस्वास गरी टिकट दिएको थियो ।
तर सर्वोच्च अदातलमा उनी बिरुद्ध मुद्धा दाहेर भयो । अदालतले उनलाई किर्ते गरेको भन्दै दोषि ठहर गर्र्यो । उनी अदालतको आदेश ९फैसला० कार्यान्वयन हुने डरले ‘फरार’ भए । सम्मानित अदालतको फैसला कार्यान्वयन हुन सहयोग गर्नु त कहाँ हो कता सिलवाल आफैं प्रहरी संगठनका लागि चुनौतीका पात्र बने । उनी आफैं अपराधि झैं भागि भागि हिँड्न थाले । भनिन्छ नी, एउटा कुशल ‘इलेक्ट्रिसियन’ अन्ततः करेन्ट लागेर मर्छ । भयो त्यस्तै । एउटा कुशल प्रहरी पनि अपराधि खोजि गर्दागर्दैै अन्त्यमा आफैं अपराध गर्दो रहेछ । प्रहरी आफैं अपराधि बन्दो रहेछ । न्यायपालिकाले गरेको फैसलालाई कार्यान्वयन गर्ने कार्यपालिका आफंै राजनीतिको प्रभाव र दवावमा परेपछि सर्वसाधारण जनताले कसरी न्यायएको अनूभुति गर्न सक्लान् रु यो यतिबेला गम्भिर प्रश्न बनेको छ ।
आफैंले नेतृत्व गरेको पुलिस प्रशासनप्रति पूर्व डिआइजीलाई नैं विश्वास छैन भने जनताले प्रहरी संगठनप्रति कसरी बिस्वास जित्न सक्लान रु यो गम्भिर प्रश्न हो । यदि शिलवालको यो विषयमा कुनै गल्ति नै छैन भने कानूनी प्रकृयाबाट सफाइ पाएर शानकासाथ समाजमा बस्नु उचित हुन्छ । एउटा सरकार ९देउवा सरकार० हुँदा लुक्ने अनि अर्को ९ओली सरकार० हुँदा बेपत्ता भनिएका व्यक्ति जादूको छडी जस्तै एक्कासी झुल्किने गरेर बच्चाले चोर–पुलिस खेलेको जस्तो चर्तिकला देखाउँदा प्रहरी संगठनको दोधारे चरित्र र लाज देश विदेशमा छर्लङ्ग भएको छ । बिधिको शासन स्थापित गर्नका लागि सम्मानित अदालतको फैसला कार्यान्वयन हुनैपर्छ । होइन भने कार्यकालिपन, व्यवस्थापिका र न्यायपालिकाको औचित्य र आवश्यकता माथि नैं प्रश्न नतेर्सिएला भन्न सकिन्न । त्यसो भए शक्ति पृथ्थकीकरणको शिद्धान्त केका लागि रु
शिलवाल खोज्न प्रहरी संगठनको नौटंकी
संविधानतः न्यायपालिकाले निर्णंय गरेको विषय कार्यान्वयन गर्ने काम कार्यपालिकाको हो । यानेकी, अदालतले फैसला गरेको मुद्धाका दोषिलाई कारबाहीको दायरामा ल्याउने काम प्रहरीको हो । कानूनी राज्यमा कानून र बिधिको शासन पलान हुनु पर्छ । त्यसमा कसैको पनि राजनीतिक तथा व्यक्तिगत मनसाय हावि भई कार्यान्वयनमा बाधा हुनु हुदैन । तर शिलवालका लागू त्यो लागू भएन ।
अदालतले दोषि ठहर गरेको व्यक्तिलाई प्रहरीले खोज्यो तर भेट्न सकेन । उनी फरार रहे । उनलाई कसरी फरार हुने भन्ने राम्रो ज्ञान छ । किनकी आफैं प्रहरी संगनमा रहेर उनले फरार अपराधि हरुको खोजबिन गरे । फरारको खोजिमा प्रहरी संगठनले कति सम्म गृहकार्य र अभ्यास गर्छ अनि प्रहरीको आँखा अगाडि अपराधि कसरी लुक्न सक्छ भन्ने शिलवाल स्वयम्ले संगठनमा रहँदा भोग्दै र प्रयोग गर्दै आएको हुनाले पनि सायद उनलाई ‘फरार’ हुन सजिलो भएको हुन सक्छ । उनको खोजिमा प्रहरी संगठनले मात्र खाजेजस्तो गर्यो तर बास्तविक रुपमा चाहिँ खोजेन ।
प्रहरी संगठनमा राजनीति
प्रहरी संगठनमा राजनीति हुनु हुन्न । निष्पक्ष रुपमा देश र जनताको काम गर्नु प्रहरीको धर्म हो । सत्यको आडमा टेकेर सत्यको वकालत गर्नु, पिडकलाई कारबाहीको दायरामा ल्याउनु नैं प्रहरीको मूल धर्म हो । तर नवराज शिलवाल काण्डलाई हेर्दा प्रहरी संगठनमा राजनीति हावि भएको देखिन्छ । एक त सिलवाल आफैं नेकपा ९एमाले०को कोटामा टिकट पाएर जितेका सांसद थिए ।
प्रहरी संगठनमा सरुवा, बढुवा हुनका लागि राजनीतिक चलखेल यतिसम्म हुने गरेको पाइएको छ कि गृहमन्त्री र प्रधानमन्त्री स्वयम् पनि आफ्नो लविको कुन मान्छेलाई संगठन प्रमुख बनाउने भन्ने विषयमा खुव चासो राख्छन् । यहाँ पनि नीति, नियम भन्दा पनि राजनीति हावि भएको प्रस्ट हुन्छ । प्रहरी संगठनको बिगतको ईतिहासलाई हेर्दा पनि राजनीति, नातावाद, कृपावाद भएको भेटिन्छ ।
इन्टरपोलको दुरुपयोग
जव कुनै अपराधि एउटा देशमा अपराध गरेर अन्य देशमा गएर लुकेको आशंका हुन्छ तव इन्टरपोल सूचना जारी हुने गर्दछ । इनटरपोलमा सूचना जारी गर्नु अघि उक्त अपराधिलाई देशमा फेला पार्न नसकेको प्रमाणित हुनु पर्दछ । तर शिलवालको केश त्यस्तो थिएन । उनले ‘फरार’ रहेकै बेला कुनै एक पत्रिकालाई आफू देशभित्र, जनतासँगै र प्रहरीकै सुरक्षामा उनीहरुले नैं गोप्य रुपमा दिएको सूचनाका आधारमा सुरक्षित रुपमा बसिरहेको अन्तर्वार्ता दिएका थिए ।
शिलवाललाई प्रहरीले किन पक्रन चहेन रु यो कुरा प्रहरी संगठनलाई पनि राम्रो सँग थाहा थियो । चुनाव सम्पन्न भइसकेपछि देशमा वामपन्थीको स्थायी सरकार बन्नेछ । माओवादी केन्द्र र एमाले मिलेर सत्ताको बागडोर सम्हाल्ने छन् । चुनाव जितेका सिलवाल पनि कुनै मन्त्री बन्ने छन् । शेरबहादुर देउवाको नेतृत्वमा रहेको काँग्रेस सरकार केही दिनमै ढल्दैछ, उसले गरेका निर्णंयहरु नयाँ बन्ने सरकारले उल्ट्याउने छ । यही सोचका साथ सिलवाल देश भित्र ‘फरार’ भइरहे प्रहरी संगठनले ‘नूनको सोझो’ गर्न इन्टरपोल सूचना जारी गर्यो ।
‘फरार’ सिलवाल भेटिए, प्रहरी अनुसन्धानले हावा खायो
आखिर प्रहरी संगठनले चाह्यो भने ‘चरी’ र ‘घैंट’ेहरुलाई इन्काउन्टरमा मार्दो रहेछ अनि शिलवाल जस्ता उम्किँदा रहेछन् । देशभित्रै रहेको व्यक्तिलाई इन्टरपोलमा सूचना जारी गरेर पक्रन खोजेको भान पार्न पनि कत्ति सिपालु हुँदो रहेछ प्रहरी । के प्रहरी संगठनको यस्तो कृयाकलाप र आचरणले यसको गरिमा उच्चो होला रु यो काण्ड पछि आम जनताको नजरमा ‘प्रहरी’ शव्दले लोकप्रियता पाएको होला वा धृणित भएको होला रु त्यसको अनुसन्धान गर्ने काम पनि प्रहरी संगठनले नैं गर्ला १ व्यवस्था बदलिए पनि देशको अवस्था भने अझै बदलिएको रहेनछ १ त्यसको प्रत्यक्ष अनुभव आम नेपाली जनताले यही ‘केस’ बाट गरिरहेका छन् ।
फरारको सूचिमा रहेका सिलवालको मुद्धा अझै फिर्ता भएको छैन । उनले संसद भवनमा प्रहरीको सुरक्षा घेराबाट सुरक्षा जाँच पार गर्दै, नमस्कार र सलामका सम्मानहरु ग्रहण गर्दै सदनमा प्रवेश गरेका छन् । उनी बिरुद्धको इन्टरपोलको सूचना फिर्ता भयो कि छैन रुयो थाहा छैन । तर सिलवाल भने शिर ठाडो पारेर हिँडिरहेका छन् । प्रहरी उनलाई स्यालुट मार्दै छ । जय नेपाल । सत्य, सेवा, सुरक्षणम्