अपहरणमा परेका भारतीयको सकुशल उद्धार

प्रकासित मिति: १८ भाद्र २०७३, शनिबार १६:२०

पोखरा । निजी काम बिशेषले भदौं ११ मा पोखरा आएका एक भारतीय नागरिकलाई प्रहरीले सकुसल उद्धार गरेको छ । ती भारतीयलाई अपहरण गर्ने भारतीय अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार अपहरणमा पर्ने र अपहरण गर्ने दुबै भारतीय नागरिक हुन् ।
भारत उत्तर प्रदेश, महाराजगंञ्ज जिल्ला सुनौलीका सोनु भन्ने खुर्सीद अहमदलाई अपहरणकारीले भदौ १२ गते अपहरण गरेका थिए । अपहरणमा संग्लग्न दुई जना पक्राउ परेका छन् ।
अहमदको अपहरणमा संलग्न भएको आरोपमा भारत उत्तर प्रदेश गोरखपुर जिल्ला हमादीपुर घर भई हाल पोखरा ९ नयाँबजार बस्ने बर्ष २५ का शाहाबुद्धिन कुसेरी र नवलपरासी कावासोती ११ बस्ने २१ बर्षीय अरुण घलेलाई प्रहरीले पक्राउ गरेको हो ।
खुर्सीदलाई भदौ १३ गते साझ कास्कीको लेखनाथ ८ शिशुवा स्थित अशोक अधिकारीको घरबाट अपहरण मुक्त गरिएको कास्कीका प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिएका छन् । अपहरणमा परेको जानकारी पाएलगत्तै खटिएको प्रहरीको विशेष टोलीले अधिकारीको घरबाट उनलाई उद्धार गरेको हो । प्रहरीले उद्धारको क्रममा खुर्सीदलाई राखिएको स्थानबाट मेड ईन युएसए लेखिएको एक थान पेस्तोल बरामद गरेको छ ।
अपहरणमा संलग्न अन्य फरार रहेको र खोजी भैरहेको कास्की प्रहरीले जनाएको छ । नेपाल संक्रमण कालीन अवस्थामा गुज्रिएको अवस्थामा भारतीय अपराधीको किडास्थल बन्ने खतरा बढिरहेको अवस्थामा कास्कीमा भारतीयबाट भारतीयकै अपरणहुनुले थप शसंकित बनाएको छ । खुर्सीदको अपहरणपछि अपहरणकारीले उनका दाजुसंग एक करोड रुपैयाँ फिरौती माग गरेको र रकम नदिए वा प्रहरीमा खबर गरेमा ज्यान मार्ने सम्मको धम्की दिएका थिए । उनिहरुको चिनजानको आधारमानै अपहरणको योजना बनाएर अपहरणगरिएको प्रहरीले जनाएको छ ।
सुनौलीबाट पोखराकालागि छुटेको बस चढेर आएका खुर्सीद १२ गते विहान पोखराको पृथ्बीचोकमा झर्नेवित्तिकै अपहरणकारीले खुर्सीदको नातापर्ने महिलालाई भेट्नजाने भन्दै गाडीमा राखेर लेखनाथ पु¥याएका थिए ।
लेखनाथको शिशुवा स्थित अधिकारीको घरमा लगेर बन्धक बनाएपछि मात्रै उनले आफु अपहरणमा परेको थाहा पाएका थिए । घटनाको मुख्य योजनाकार भने पक्राउ पर्न वाँकी रहेको कास्की प्रहरीले जनाएको छ । मूख्य योजनाकारको खोजि भईरहेको प्रहरीले बताएको छ ।

Bhansar Bivag
Argakhachi Cement