अपाङ्गता भएकाहरुले खेले फुटबल

प्रकासित मिति: ३ असार २०७५, आईतवार ०३:३१

प्रतियोगितामा पुरुषतर्फ खगेन्द्र नवजिवन केन्द्र जोरपाटीको प्रथम र महिला तर्फ सन् क्लव काठमाण्डौले प्रथम स्थान हासिल गरे ।

 

काठमाण्डौ । बिश्वकप फुटबलको चर्चा बिश्वभरी नै चलिरहेको बेला शनिबार सानो गौचरण फुटवल मैदानमा अपाङ्गता भएकाहरुले पनि फुटबल खेलेका छन् । नेपाल अपाङ्ग फुटवल संघको समन्वयमा पारा ओलम्पिक कमिटीको सहयोगमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा खेल भएको हो । खेलको उद्घाटन रेफ्रिलाई बल दिएर पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य हरि प्रसाद पराजुलीले गरेका थिए ।
उद्घाटन पश्चात बोल्दै पूवमन्त्री हरि पराजुलीले नेपाली अपाङ्गहरुको खेल क्षेत्रबाट उनीहरुको हक अधिकार स्थापित गर्न विगत ११ वर्षदेखि नेपाल अपाङ्ग फुटवल संघ लागिरहेको कुरा सुन्न पाउँदा खुशी लागेको वताए । उनले अपाङ्गता भएका खेलाडीलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने राज्यबाट पाउनुपर्ने सेवा सुविधाको वारेमा पनि सम्वन्धित तह तप्कामा पहल गर्ने बताउँदै नेपाली अपाङ्गता भएका खेलाडीहरुले पनि विभिन्न देश विदेशमा हुने प्रतियोगितामा पदक जित्न हौसला दिए ।
प्रगतिशिल किसान संघका अध्यक्ष तथा अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य रोहित कुमार भट्टराईले पारा खेल भनेको आफूले वेलायत पढ्दा नै नेपालमा पनि पारा खेल लिन पाए हुन्थ्यो लागेको र आज यति धेरै अपाङ्गता भएका व्यक्तिहरुमाझमा आफ्नो भनाई राख्न पाउँदा खुशी लागेको बताए । उनले आफू पनि खेल प्रेमी भएको र त्यसमाथि पारा फुटवल खेलमा बिकास राज्यले गर्नुपर्नेमा जोड दिए ।
झापा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष कालीशरण वस्नेतले पनि अपाङ्ग खेलकुद हुनु भनेको राज्यको लागि एकदम राम्रो कुरा भएको वताए । नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सदस्य बिष्णु निश्चलले अपाङ्गता भएका व्यक्तिहरुको यस्ता प्रतियोगिताहरुलाई संञ्चार माध्यमले उच्च प्राथमिकता साथ समाचार प्रशारण गरेर देशै भरि रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई हौसला प्रदान गर्नुपर्नेमा जोड दिए ।
उनले अपाङ्गता भएका ब्यक्तिहरुलाई अवसर दिने हो भने सपाङ ब्यक्तिभन्दा पनि राम्रो गरेर देखाउन सक्ने क्षमता रहेको उल्लेख गदै सबैले त्यस किसीमको बाताबरण बनाउन पहल गर्नुपर्नेमा जोड दिए । उनले अपाङ्गता भएकाहरुको हक अधिकारमा विशेष किसिमले कलमको माध्यमबाट परिवर्तन गर्न लागिरहेको र आउँदा दिनमा पनि अपाङ्गता भएकाहरुको हक अधिकारका लागि लागिरहने प्रतिवद्धता व्यक्त गरे ।
प्रतियोगितामा पुरुषतर्फ खगेन्द्र नवजिवन केन्द्र जोरपाटीको टिम प्रथम भएको थियो । द्वितिय अपाङ्ग अनाथ वाल सचेतना नेपाल तिलगंगाको टिम भयो भने प्रथम हुने टिमबाट ३ गोल भए । त्यसैगरि महिला टिमको सन् क्लव काठमाण्डौ प्रथम भयो भने मन क्लव द्वितिय भयो । सम्पूर्ण खेलाडीलाई नेपाल पारा ओलम्पीक कमिटीका अध्यक्ष दिपक कोईराला राष्टिय खेलकुद परिषदका प्रतियोगिता बिभागका सारगी निरौलाले प्रमाणपत्र टफी, मेडल पुरस्कार वितरण गरियो । प्रतियोगितामा स्वयमसेवकको महत्वपूर्ण भूमिका सागर शाही र दिनेश प्रसाद भट्टराईले निर्वाह गरेका थिए । समारोहमा अपाङ्ग अनाथ वाल सचेतना नेपालका अध्यक्ष सन्तोष यादव लगायत एक दर्जन संघसंस्थाबाट करिव ३०० जनाको उपस्थित थिए । नेपाल अपाङ्ग फुटवल संघका अध्यक्ष प्रताप राउतको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमका संचालन शान्ति समाज नेपालका अध्यक्ष एवम् नेपाल अपाङ्ग फुटवल संघका सचिव शान्तिदीप रेग्मीले गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement