काठमाडौं । कलाकारीताको माध्यमबाट समाजलाई रुपान्तरण गर्न रगिन दुनियमामा प्रबेस गरेका कलाकार हुन् रबिन मगर । झट्ट रमाइलो लाग्ने कला क्षेत्रमा स्थापीत हुन त्यति सहज छैन तैपनि उनिको अभिनय यात्रा निरन्तर चलिरहेको छ । म्युजिक एण्ड मुभी एक्सप्रेस नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको टेलिचलचित्र ‘च्युर्लुङ झ्याईं’मा रबिनको शशक्त भूमिका देख्न सकिन्छ । रबिनले ‘च्युर्लुङ झ्याईं’मा कमेडियनको भूमिकामा अभिनय गरेका छन् ।
झापा जिल्ला कमल गाउपालिका बासबारि १ घर भएका रबिन कलाकारितामा लागेको तीन बर्ष भईसकेको छ । हास्य कलाकार तथा खलनायकको भूमिकामा देखिएका रबिनले नेपाली चलचित्र दोषीको मा खलनायकको भूमिका निर्वाह गरेका थिए ।
पछिल्लो समय उनी टेलि चलचित्रमा हास्य कलाकारको भुमिकामा देखिएका छन् उनलाई यो भूमिकामा दर्शकले रुचाएका छन् । उनले अहिले सम्म टेलिचलचित्र माईकल ज्याक्सन र हर्के हब्ल्दार र चुलुङ झ्याई र दजनौ म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । रबिन मगर (दाहिने)को भूमिका धेरैले रुचाएका छन् ।
रबिनले काठमाडौ लगायत देशका बिभीन्न स्थानमा स्टेज शो तथा मा सस्कृतिक कार्यक्रमहरु गदै आएका छन् । भबिश्यमा कलाकारीतालाई आफ्नो कर्म थलो बनाउने लक्ष्य बोकेर हिडेका रबिन नेपाली चलचित्र उधोगमामा केहि गर्छु भनेर रातदिन नभनि लागि परिरहेका छन् । हक्की स्वभावका रबिन मनमा लागेको कुरा तुरुन्त अभिब्यक्त गरिहाल्छन् ।