अर्जुन गौडेल लायन्स क्लव अफ बुद्धको अध्यक्षमा चयन

प्रकासित मिति: २ श्रावण २०७६, बिहीबार ०२:२३

अमेरिका को न्युयोर्क शहरमा नेपालीहरू ले स्थापना लाययन्स क्लव ईन्टरनेश्नल डिष्ट्रिक २० के अन्तर्गतको नेपालीहरूको न्युयोर्क शहरको पहिलो लायन्स क्लव अफ कुईन्स बुद्ध ले 2019-2020 का लागि नया कार्य समिति मा लायन श्री अर्जुन गौडेल लाई सर्वसम्मतले अध्यक्षतामा चयन गरेको छ ।
अमेरिकामा खास गरि न्यु योर्क मा रहेका नेपालीहरू ले शुरु गरेको लायन्स क्लब कुईन्स बुद्ध ले यहाँ अमेरिकाको न्युयोर्क शहरमा रहेको आफ्नो समुदायको लागि एवं नेपाल मा परेको आपत बिपदमा एवं नेपाली को प्रतिभा विकास र सृजशिलता बढाउने खालका रचनात्मक काम मा सहयोग गरि आएको छ । २०१६ सालमा खोलिएको यस क्लव को चार्टर अध्यक्ष लायन श्री कृण्ण आचार्य र निवर्तमान अध्यक्ष लायन श्री बेगम पन्डीतले स्थापना काल देखि हाल सम्म गरेका कामको मुल्यांकन गर्नु भयो र विगतमा धेरै काम भएका र आगामी दिनमा क्लव लाई अझ ससक्त बनाउन नव निर्वाचित अध्यक्ष लाई शुभकामना एवं बधाई ज्ञापन गर्नु भयो। बेगम पन्डित को सभापतित्वमा भएको सदस्यहरूको भेलाले नयाँ कार्य समिति का प्रथम उपाध्यक्ष लायन रिमाया नेपाली दित्तिय उपाध्यक्ष लायन बुद्ध पौडेल,सचिव लायन चन्द्र नेपाली कोषाध्यक्ष लायन खडक पुलामी मगर विक्की लाई मनोनीत गरेको छ। सदस्यहरू मा सुर्य सिमखडा, प्रभात सापकोटा, शिवजी खड्का, सोनु मल्ल, शुशिल भट्टराई, चन्द्र जि।सी,सुर्य साल लम्साल, किरण श्रेष्ठ, कमला पन्त, रामहरि अधिकारी, लेलिन कंडेल, सुनिल बस्नेत, दीपक राज घिमिरे सोफिया अधिकारी , याम लामा , भरत संगौला , मिगेन थापा मगर,चमेली खाती ,सुमन बुढामगर, प्रकाश बस्नेत, रोसन अर्याल , मिन खड्का आदी ३८ सदस्यहरू हुनुहुन्छ । लायन्स ईन्टरनेश्लन एवं डिष्ट्रिक गभर्नर को सल्लाह अनुसार समितिलाई आगामी बैठकमा पूर्णता दिईने दिईनेछ।
नयाँ कार्य समिति चयन लाई बधाई ज्ञापन गर्दै निर्वतमान अध्यक्ष वेगम पण्डीत ले लायन्स जस्तो अन्तराष्ट्रिय संस्था को एउटा हिस्सा भएर काम गर्न पाउनु हाम्रो ठुलो भाग्य हो अमेरिकाको व्यस्त जीवनमा पनि लायन भएर सेवा भावले समय निकालेर आफ्नो कार्यकालमा पुर्याउनु भएको योगदानको कदरलाई धन्यवाद र कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझै राम्रो र समाजमुलक काम गर्न सकिने र त्यसका लागि न्युयोर्क शहरमा रहेका अन्य संघ संस्थाहरू सँग सहकार्य गरि अगाडी बढ्न नव निर्वाचित अध्यक्षलाई सुझाव दिनु भयो,
नवनिर्वाचित अध्यक्ष श्री अर्जुन गौडेलले समितिमा रहनु भएका र बाहिर रहेर पनि क्लव लाई नेपाली, समुदायलाई माया गर्ने मानवीय काममा चासो राख्ने सबै साथिहरूको सकृय सहभागिता सहयोगले क्लवलाई नयाँ उचाईमा पुर्याउन सकिने कुरा मा आफु विश्वस्थ रहेको बताउनु भयो । नव नियुक्त अध्यक्षले न्युयोर्कमा रहेका सघं सस्थाले राख्ने कार्यक्रमहरूमा आफ्नो क्लव सहकार्य गर्न तयार रहेको र सम्पर्क मा रहन (lionsclubsofny@gmail.com)अनुरोध गर्नु भयो । साना बच्चाहरूको आखाँ जाचँ शिविरवाट सेवाको काम अगाडी बढाउने आफ्नो कार्यक्रम रहेको जानकारी अध्यक्ष गौडेलले गराउनु भयो ।

Bhansar Bivag
Argakhachi Cement